अक्सिजन प्लाण्ट राख्न ३ प्रतिशतमा ऋण पाइने व्यवस्थाको बल्ल कार्यान्वयन « Arthapath.com
११ असार २०७८, शुक्रबार

अक्सिजन प्लाण्ट राख्न ३ प्रतिशतमा ऋण पाइने व्यवस्थाको बल्ल कार्यान्वयन



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरबाट मुलुक बाहिर निस्कन लाग्दा राष्ट्र बैंकले अक्सिजन प्लाण्ट राख्न सस्तो ब्याजमा ऋण पाइने व्यवस्थाको कार्यान्वयन गरेको छ । शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै ‘लिक्वीड अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई’ पुनरकर्जा सुविधा दिने बताएको छ ।

यस्ता उद्योग वा संस्थाले पाउने कर्जाको सीमा भने बढाइएको छ । बैंकले ग्राहक अनुसार मूल्यांकन गरेर दिने यस्तो पुनरकर्जा अरु ग्राहकलाई २० करोडसम्ममात्रै दिने व्यवस्था भए पनि अक्सिजन उत्पादन गर्न ५० करोडसम्म दिने भनिएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा समावेश भएको यो व्यवस्था ढिलागरी कार्यान्वयनमा आएको हो ।

यसखाले पुनरकर्जा प्राप्त गर्ने ऋणीले १ वर्षसम्म सहुलियत ब्याजमा ऋण पाउने छन् । उनीहरुलाई ऋण दिन राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजमा पैसा दिन्छ भने बैंकहरुले ३ प्रतिशतमात्रै ब्याज लिएर यस्तो कर्जा प्रवाह गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्