रारामा पहिलो लक्जरी रिसोर्ट बन्दै: अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने, लागत १ अर्ब १० करोड « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

रारामा पहिलो लक्जरी रिसोर्ट बन्दै: अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने, लागत १ अर्ब १० करोड



काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट बन्ने भएको छ । नेपालको उत्कृष्ट पर्यकटीय गन्तव्य रारा तालमा सुविधा सम्पन्न रिसोर्ट बनाउन अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।

तेस्रो लगानी सम्मेलनको अवसरमा रिसोर्टमा लगानीका लागि सोमबार सम्झौता भएको छ । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

उक्त रिसोर्ट झन्डै ८० रोपनी क्षेत्रफलमा बन्न लागेको हो । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा बन्ने रिसोर्टका लागि दुई चरणमा गरि १ अर्ब १० लगानी गरिने भएको छ । पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड बराबर लगानी गरिने भएको छ ।

कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको रारा होल्डिङस्का अभिषेक बिक्रम शाहले बताए ।


प्रतिक्रिया दिनुहोस्