नेपालमा पाइपलाइन र भण्डारण निर्माणका लागि भारतले १५ अर्ब अनुदान दिने
काठमाडौं । तीन वटा पेट्रोलियम परियोजना निर्माणका लागि भारतले झन्डै १५ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।
पेट्रोलियम पाइपलाइन र भण्डार क्षमता निर्माणका लागि नेपाल आयल निगम इण्डियन आयल कर्पोरेशन (आइओसी) बीच बिहीबार दिल्लीमा सम्झौता भएको छ ।
पाइपलाइन र भण्डारण गृह निर्माण गर्नका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच बिहीवार भारतको दिल्लीमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्ट र आइओसी पाइपलाइन परियोजनाका मेनेजिङ डिरेक्टर सेन्थल कुमारले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आइओसीको अनुदानमा तीन वटा परियोजना बन्नेछन् । भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोलिटर लामो पेट्रोलियम पाइनर झापाकै चारअलीमा १८ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माणमा अनुदान उपलब्ध गराउने छ ।
यस्तै, नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोलिटर र चितवनको लोथरमा ९१ हजार ९०० रुपैयाँ किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माण पनि भारतको अनुमान हुनेछ ।