भदौंमा सञ्चालकमा चयन भएका विजुक्छेद्धारा प्रुडेन्सियल इन्स्योरेन्सबाट राजिनामा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक बिजुक्छेले राजिनामा दिएका छन् । कम्पनीका सञ्चालक रहेका बिवेक बिजुक्छेले कार्तिक २० गते राजिनामा दिएका दिएका थिए । उनको राजिनामा सञ्चालक समितिबाट स्वीकृत भएको हो । यही मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेको राजिनामा स्वीकृत गरेको हो ।
गत भदौंमा मात्रै सञ्चालकमा चयन भएका बिजुक्छेले घरायसी कारण देखाएर राजिनामा दिएका हुन् । उनले कार्तिक २० गते सञ्चालक समिति समक्ष राजिनामा बुझाएका थिए ।