बीमा कसरि गर्ने ? यस्ता छन् बीमा गर्दा ध्यान दिनु पर्ने कुरा !

काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बीमा गर्ने मान्छेको संख्या वृद्धि हुदै गइरहेको छ । भोलिका दिनहरुमा हुनसक्ने जोखिमको न्यूनीरण गर्ने तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाउने कानूनी विधि वा बीमा कम्पनीहरुसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।
बीमा अझै पनि दुरदराजमा पुग्न सकेको छैन । बीमाले जोखिम उठाउछ भन्ने सामान्य जानकारी हुदाँ दुरदराजका मान्छेले बीमा कसरी गर्ने ? कस्तो बीमा गर्ने ? जस्ता अनेकौ कुरा बुझ्न सकेका छैनन् । बीमा गर्ने व्यक्तिको पहिलो जिज्ञासा हुन्छ, बीमा त गर्ने, तर कसरी ? बीमाको पहिलमे शर्त के हो ? बीमा गर्ने व्यक्तिले सबैभन्दा पहिले बीमा कम्पनीका बारेमा थाहा पाउनुपर्दछ । त्यसपछि त्यस कम्पनीले गर्ने बीमा, त्यसको प्रकार र प्रकृति सबै थाहा पाइसकेपछि मात्र कम्पनीबाट बीमा गर्ने कुरामा ढुक्क हुनुपर्दछ ।
आफुले बीमा बीमा गर्ने कुरा सबै कुरा ध्यान राखेर पक्का भएपछि बीमा प्रस्ताव फारम भरिन्छ । प्रस्ताव फारम भनेको बिमित र बीमा गरिने करार वा सम्झौताको प्रारम्भिक कागजात हो । यो कागज बीमा कम्पनीको कार्यालय र बीमा एजेण्टबाट प्राप्त गर्ने सकिन्छ । यसमा बिमितले बिमकलाई उपलब्ध गराउनुपर्ने सम्पूर्ण जानकारी प्रस्तुत गरिएको हुन्छ र यही फारमबाट बीमा कम्पनीले बिमित र जोखिमको बारेमा जानकारी लिने गर्दछ । यसमा माग गरिएका सम्पूर्ण विवरण सत्य तथ्य रुपमा उपलब्ध गराउनु बिमितको कर्तव्य हुन आउँछ । झुठो विवरणले क्षतिपूर्तिमा गर्दछ । फारम आफ्नो पुरा कुरा सत्य तथ्य उल्लेख गरेर मात्र भर्नु पर्ने हुन्छ ।
बीमाको प्रकारका आधारमा बीमा प्रस्ताव फारामको नमुना र व्यहोरा पनि भिन्नभिन्न हुन्छन् । जीवन बीमा गर्दा नाम, पेसा, लिंग, पुरा ठेगाना, व्यवसाय, रोजगारदाता, विवाहित वा अविवाहित, शिक्षा, उमेर, आयस्रोत, जीवन बीमाको उद्देश्य, किसिम, बीमांक रकम, भुक्तानी प्रक्रिया, बीमाशुल्क आदि सबै कुरा उल्लेख गर्नुपर्दछ । यसबाहेक, स्वास्थ्य स्थितिको पूर्ण विवरण पनि यसमा प्रस्तुत गर्नुपर्दछ । सम्पत्तिको बीमा गर्दा सम्पत्ति रहेको स्थान, त्यसको भोगचलन गर्ने तरिका, अपनाइएको सुरक्षा व्यवस्था, बीमांक आदि सम्पूर्ण विवरण भर्नुपर्दछ । सवारी बीमा अन्तर्गत निजी, व्यवसायिक र निजी मोटर साइकलको बीमा गरिन्छ । सवारी साधनको बीमामा बिमितको आफ्नौ सवारी साधनको अलवा तेस्रोपक्षको जनधनको हानी नोक्सानीको पनि क्षतिपुर्ति समेत समावेश हुँदा यस्तो यस्तो बीमालेखलाई व्यापक बीमालेख भन्ने प्रचलन छ । अन्य बेहोराको हकमा लगानीकर्ताको नाम, सम्पत्तिको किसिम, भवनको बनोट बीमाङ्क, बीमा अवधि र आफुले सुरक्षण गर्न चाहेको बीमा जोखिमहरुको विवरण समेत भर्नुपर्दछ ।
हामीले जुन प्रकारको बीमा गरेपनि उक्त बीमा प्रस्ताव प्रस्ताव फारममा जुन जुन किसिमका बारेमा प्रश्नहरु सोधिएको छ, उक्त प्रश्नहरुको सत्य जानकारी दिनु पर्नेछ । प्रश्नहरुको उत्तर लेख्दा केरमेट नगरी शुद्ध र सफा अक्षरमा बुझिने गरि लेख्नुपर्दछ भने कोही प्रस्तावकले फारम भर्दा इमानदार भएर र झुठो विवरण पेशा गर्यो भने बीमा कम्पनी क्षतिपूर्ति दिन बाध्य हुँदैन । त्यसैले प्रस्ताव फारम भर्दा अत्यन्त होसियारीपूर्वक र गम्भीरताका साथ भर्नु बिमितको कर्तव्य हुनजान्छ । बीमा पूर्ण सद्विश्वासको करार हुँदा बीमा कम्पनी प्रस्तावकले घोषणा गरेको तथ्यमा भरपरी करार गर्न मन्जुर गरेको हुन्छ ।
बीमा गर्दा निम्न कुरामा ध्यान दिनुहोला
१। सबै भन्दा पहिले त बीमा शुल्क दिन सकिन्छ सकिदैन भनि प्रष्ट हुनु पर्ने हुन्छ ।
२। के क–कति आवश्यकताले बीमा गर्न खोजिएका हो र बीमा गरेपछि उक्त उदेश्य पूरा हुन्छ वा हुदैन विश्लेषण गरी सो बारेमा ध्यान दिनु पर्दछ ।
३। बीमा कम्पनी, बीमाका प्रकार र सबै शर्तहरूका बारेमा बुझेर मात्र आफूलाई मिल्ने खालको बीमा गर्नुपर्छ ।
४। बीमा अर्भिकर्ता बीमा समितिबाट आधिकारीक रुपमा इजाजत पाएको छ वा छैन सो हेरेर मात्र निजलाई विश्वास गनुपर्दछ ।
५। बीमाको उद्देश्य र आवश्यकता विश्लेषण गर्नुपर्छ ।
६। बीमालेखमा इच्छाएको व्यक्तिका बारेमा प्रस्टसँग उल्लेख हुनुपर्छ ।
७। बीमा गरिसकेपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान होसियार पूर्वक पढ्नुपर्दछ ।
८। जोखिमको सम्भावना र बीमापछि सुरक्षाको जानकारी हुनुपर्छ ।
९। बीमा शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद बुझाएको भर्पाइ लिएर सुरक्षित राख्नुपर्दछ ।
१०। बीमालेख नविकरण मितिमा बीमाशुल्क बुझाउनुपर्छ ।
११। बीमाशुल्क तिरेपछि त्यसको रसिद÷भर्पाइ पछि काम लाग्ने भएकाले सुरक्षित राख्नुपर्छ ।
१२। बीमा गर्दा बीमाको विषयवस्तुसँग हुने तथ्यहरु स्पष्ट रुपमा खुलाउनुपर्दछ ।
१३। बीमाका बारेमा घरको सदस्य वा इच्छ्याएको व्यक्तिलाई जानकारी गराउनुपर्छ ।
१४। बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ ।
बीमा कम्पनीहरुको नियामक निकायका रुपमा ‘बीमा समिति’ रहेको छ । उक्त नियामक निकायले सबै बीमा कम्पनिको रेखदेख गर्ने हुँदा र समितिले नेपालभर रहेका बीमा कम्पनीहरुको नियमन गर्नुका साथै बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने हुँदा बीमा कम्पनिहरुले आफूखुसी काम गर्न सक्दैनन् ।