नेशनल लाईफद्वारा इम्प्लोई स्किल इन्ह्यान्स्मेन्ट वर्कसप सम्पन्न « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

नेशनल लाईफद्वारा इम्प्लोई स्किल इन्ह्यान्स्मेन्ट वर्कसप सम्पन्न



काठमाडौं । एकसेल एण्ड एलिभेट नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोई स्किल इन्ह्यान्स्मेन्ट वर्कसप पोखरास्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले इम्प्लोई स्किल इन्ह्यान्स्मेन्ट वर्कसप गरिएको आयोजना गरिएको थियो ।

सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम पाउन सकिने भएकोले कम्पनीको कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी बताएकी छिन् ।

सम्मेलनमा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी दुई सय जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिबाट उक्त कार्यक्रम संचालन गर्नुपर्ने निर्देशन पाए अनुसार कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने जानकारी गराए ।

कार्यक्रम मानियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायबाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराका थिए ।

सम्मेलनमा सहभागि कर्मचारीहरुलाई चर्चित संचारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका केसीले व्यक्तित्व विकास सम्बन्धमा प्रशिक्षण पाएकी थिइन् ।

पाल पूर्नबीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमाङ्कन प्रक्रृयाको महत्वमा प्रकाश पारे । सोही अवसरमा कम्पनीका विभागिय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।

सम्मेलनमा उत्कृष्टकार्य गर्ने पाँच जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री बाट सम्मान तथा पुरस्कृत गर्दे कार्यक्रम समापन गरिएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्