एक महिनामै जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ११ अर्ब, कुन–कुन देखिए अग्रस्थानमा ? « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

एक महिनामै जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ११ अर्ब, कुन–कुन देखिए अग्रस्थानमा ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै करिब ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

मंगलबार बीमा समितिले प्रकाशित गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीले भदौ महिनामा १० अर्ब ९७ करोड ५३ लाख १९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्।

चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफले आर्जन गरेको छ । समितिका अनुसार कम्पनीले भदौ महिनामा २ अर्ब ८५ करोड २० लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले भने भदौ महिनामा कुल १ अर्ब ६१ करोड ४९ लाख ७३ हजार र तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १ अर्ब ३१ करोड २६ लाख १७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

समितिका अनुसार उक्त अवधिमा सबैभन्दा कम बीमा शुल्क आर्जन महालक्ष्मी लाइफको देखिएको छ । कम्पनीले उक्त अवधिमा ११ करोड ४६ लाख ४४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

उक्त अवधिमा युनियन लाइफले ५६ करोड ६७ लाख १७ हजार, सिटिजन लाइफले ५४ करोड ५१ लाख ५४ हजार, एशियन लाइफले ५० करोड ९६ लाख २२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, मेट लाइफ इन्स्योरेन्सले ४४ करोड ५८ लाख, सूर्या लाइफले ४२ करोड ५० लाख ५१ हजार, राष्ट्रिय बीमा संस्थानले ३३ करोड ६७ लाख ९५ हजार, प्राइम लाइफले ३१ करोड ५६ लाख ८४ हजार, सन नेपाल लाइफले ३० करोड ९७ लाख ७० हजार, रिलायबल लाइफले २९ करोड ८४ लाख ९२ हजार, ज्योति लाइफले २८ करोड ९६ लाख ७४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ ।

समितिका अनुसार भदौ महिनामा आइएमई लाइफले २४ करोड ९६ लाख ७४ हजार, रिलायन्स लाइफ २२ करोड ७० लाख ६ हजार, सानिमा लाइफले १८ करोड ६८ लाख ६७ हजार, गुराँस लाइफ १८ करोड १३ लाख ७३ हजार र प्रभु लाइफले १६ करोड ३५ लाख ६१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्