बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क साढे २ अर्ब आर्जन « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क साढे २ अर्ब आर्जन



काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो भदौ महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब ६० करोड १५ लाख ४६ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ कम्पनीहरुले उक्त प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
उक्त शुल्क मध्ये सबैभन्दा बढी नेपाल लाईफ इन्योरेन्सले ४६ करोड ५० लाख ८७ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले २६ करोड ६१ लाख ८० हजार रुपैयाँ आर्जन गरी दोस्रो स्थानमाप्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा, सिटिजन लाइफ इन्स्योरेन्सले पनि २३ करोड ६३ लाख रुपैयाँ, चौथोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २२ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।


त्यस्तै , सन नेपाल लाइफले १८ करोड ५८ लाख, सूर्य लाइफले १५ करोड ८१ लाख,प्राइम लाइफले ६ करोड ९८ लाख, एशियनलाइफले १४ करोड ५० लाख, गुराँस लाइफले १ करोड ९८ लाख, युनियन लाइफले १२ करोड ८४ लाख, ज्योति लाइफले ११ करोड ६९ लाख, मेट लाइफले १० करोड ७६ लाख, रिलायबल लाइफले १४ करोड १० लाख, आइएमई लाइफले ६ करोड ७० लाख, रिलायन्स लाइफले ५ करोड ९२ लाख, राष्ट्रिय बीमा संस्थानले ४ करोड ८२ लाख, सानिमा लाइफले ७ करोड ६३ लाख, प्रभु लाइफले ४ करोड ४० लाख, महालक्ष्मी लाइफले ४ करोड ४४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्