२४ % ले घट्यो निर्जीवन बीमा कम्पनीको बीमा शुल्क, एक महिनामा ३ अर्ब ३९ करोड, राष्ट्रिय बीमा कम्पनी पहिलाे
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन्। बीमा समितिले बुधवार प्रकाशित गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
समितिका अनुसार कम्पनीहरुले भदौ महिनामा ३ अर्ब ३९ करोड ८७ लाख २० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । भदौ महिनासम्ममा भने कम्पनीको ७ अर्ब ८७ करोड ४२ लाख ७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
साउन महिनाको तुलनामा भने कम्पनीहरुको बीमा शुल्क आर्जन २४ प्रतिशतले घटेको हो । चालु आवको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख ८७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
सिमितिका अनुसार भदौ महिनामा सबैभन्दा बढी कुल बीमा शुल्क राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले ३६ करोड १८ लाख ९३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
उक्त अवधिमा शिखर इन्स्योरेन्सले भने ३१ करोड ७१ लाख ९७ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २६ करोड ८६ लाख ७७ हजार, सगरमाथाको २६ करोड ११ लाख २६ हजार, सिद्धार्थको २३ करोड ५७ लाख ७२ हजार, हिमालयन एभरेष्ट २३ करोड १० लाख ३७ हजार र एनएलजी इन्स्योरेन्सले २० करोड २१ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, उक्त अवधिमा प्रिमियर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १९ करोड ८८ लाख ३५ हजार, प्रभु इन्स्योरेन्सको १९ करोड ५१ लाख २७ हजार, अजोडको १५ करोड १६ लाख ५९ हजार, नेपाल इन्स्योरेन्सको १४ करोड ८८ लाख ३८ हजार, लुम्बिनी जनरलको १३ करोड ३७ लाख ९६ हजार, आइएमई जनरलको १२ करोड ५० लाख ६७ हजार रुपैया रहेको छ ।
त्यसैगरि दि ओरिएन्टल ११ करोड ८५ लाख ४० हजार, प्रुडेन्सियलको ११ करोड ७८ लाख ३४ हजार, युनाईटेडको ९ करोड ७२ लाख ५४ हजार, नेशनल इन्स्योरेन्सको ८ करोड ५० लाख ५८ हजार, सानिमा जनरलको ८ करोड २५ हजार ३५ हजार, जनरल इन्स्योरेन्सको ६ करोड ६३ लाख १३ हजार रुपैयाँ रहेको छ ।















