प्राइम लाइफ इन्स्योरेन्सको बीमालेख धितो कर्जाको ब्याजदर वृद्धि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सल कार्तिक १ गते देखि लागू हुने गरी बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर बढाएको छ ।
बीमालेख धितोमा कम्पनीले १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको थियो । त्यसलाई परिमार्जन गरेर कम्पनीले १२ प्रतिशत पुर्याएको हो ।
कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको ब्याजदरलाई परिमार्जन गरेको हो ।