तीन महिनामै शिखर इन्स्योरेन्सको बाढी बीमा बापत ९ लाख प्रिमियम, ३५ लाख दावी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दावी भुक्तानी गरेको छ ।
कम्पनीले नदी तटिय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानीको जोखिमलाई रक्षावरण गर्न नेपालमै पहिलो पटक उक्त बीमा लेखा जारी गरेको हो ।
कम्पनीले मौसम सूचकाङ्कमा आधारित बाढी बीमा कैलाली र बर्दियाका स्थानीय तहमा जारी गरिएको बीमालेखले निकै लोकप्रियता पाएको छ ।
उक्त बीमालेख प्राक्टिकल एक्सन लगायत विभिन्न गैरसरकारी संस्थाको समन्वयमा कर्णाली नदीको सतह मापन सूचकाङ्कको आधारमा विकास गरिएको थियो ।
बीमा योजनाले जल तथा मौसम विज्ञान बिभाग बाट जलस्तर, खडेरी, हावाको गति जस्ता मापन गर्न सकिने मौसमी अवस्थाको कारणले हुने कृषि उपजको क्षतिलाई पुर्व निर्धारित मापदण्ड अनुसार दावी परेको अवस्थामा क्षति निर्धारन गरी क्षतिपूत्र्ती प्रदान गर्दछ ।
गत असोज १ गते कर्णाली नदीको जल सतह १०.८० मीटर जल तथा मौसम विज्ञान कार्यालयको तथ्याङ्कको आधारमा मापन गरीए पश्चात, यस बीमा अन्तर्गत प्रथम १० प्रतिशत रकम शिखर इन्स्योरेन्सले बीमीत किसानहरुलाई असोज २४ गते दाबी बापत दाबी रकम हस्तान्तरण गरिसकेको छ ।
कम्पनीका अनुसार ९ लाख रुपैयाँका प्रिमियममा ३५ रुपैयाँ दाबी परेको कम्पनीले जनाएको छ । गत साउनबाट सुरु गरिएको उक्त कृषि बाढीमामा हालसम्म् २६ वटा सहकारीहरु ९३५ किसानको बीमा भएको कम्पनीले जनाएको छ ।
असोजको अन्तिम साता तिर परेको अविरल वर्षाका कारण असोज २४ मा कर्णाली नदीको जल सतह १२.३५ मीटर भई जल तथा मौसम विज्ञान कार्यालयले मापन गरेका तथ्याङककोे आधारमा यस बीमा अन्तर्गत २५ प्रतिशत रकम हाल किसानहरुलाई भुक्तानी भइरहेको हो ।
सरकारले कृषि बाली, पशु बीमा प्रवर्द्धन गर्न आकर्षक अनुदान कार्यक्रम संचालन गर्दै आएको छ । तर, निकै जोखिम मानिने बाढी बीमामा भने अनुदान दिएको छैन ।
बाढीको चपेटामा परेका धानबाली किसानहरुका लागि ल्याएको बीमा योजनालाई सरकारले अनुदान आवश्यक रहेको शिखर इन्स्योरेन्सले जनाएको छ ।
मौसम सुचकाङ्कमा आधारित बाढी बीमा भनेको के हो ?
नेपालको कर्णाली नदीमा शूरु गरिएको मौसम सुचकाङ्कमा आधारित बाढी बीमालेख उत्पादनको आधारमा धानबालीको बीमा गर्नेे बीमालेख हो ।
नदीको सतह १०.८० मिटरसम्म पुग्दा किसानले १० प्रतिशत बीमा बापतको रकम प्राप्त गर्ने प्रावधान रहेको छ र सो भन्दा बढी ११.८१ देखि १२.८० मिटर मापन भएपछि २५ प्रतिशत, १३.८१ मिटर देखि १४.८० मिटर मापन भएमा ७५ प्रतिशत र १४.८१ मिटर भन्दा बढी नदी सतह मापन भएमा किसानले शतप्रतिशत क्षतिपूत्ती प्राप्त गर्नेछन् ।
खोलाको बहाव र बहावबाट हुने धानबाली क्षतिको मुल्याङ्कन गर्दा, बीमा दावी भुक्तानी गर्न पर्ने वा नपर्ने एकिन गर्न चिसापानी कर्णाली स्थित बाढी मापन केन्द्रको तथ्यांक हेरी दावी भुक्तानी गर्ने गरिन्छ । त्यसैले बिपदको समयमा सबै बीमीतलाई बीमा दावी भुक्तानी सहज र छिटो छरितो भएको हो ।
बाढीको चपेटमा परेका धानबाली किसानहरुले बिपदको समयमा विपदको व्यवस्थापन गरी, दावी गर्न के गर्ने भनेर सोच्ने समय सम्म दावीको भुक्तानी भै सक्ने भएकाले, यस बाढी बीमाले बीमा प्रतिको जनमानसमा दृष्टिकोण परिवर्तन गरि बीमाको सकरात्मक प्रचारमा धेरै सहयोग पुराउने कम्पनीको विश्वास रहेको छ ।