प्राइम लाइफ इन्स्योरेन्सको लाभांश इतिहाँस : कुन वर्ष कति वितरण गर्यो ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैंठकले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यस्तो छ कम्पनीको लाभांश इतिहाँस
कम्पनीले आर्थिक वर्षमा २१.०५ प्रतिशत लाभांश दिएको थियो । उक्त वर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग १.०५ प्रतिशत नगद लाभांश दिएको थियो ।
कम्पनीले तीन आर्थिक वर्षमा भने बोनस सेयर मात्र वितरण गरेको छ । कम्पनीले आव २०६८/६९ मा १३ प्रतिशत बोनस, आव २०७२/७३ मा २५ प्रतिशत र २०७४/७५ मा १२.५० प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो ।
यस्तै, कम्पनीले आव २०७३/७४ भने १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ०.६६ प्रतिशत नगद लाभांश दिएको थियो । उक्त आवमा कम्पनीले आफ्ना सेयरधनीहरुलाई कुल १३.१६ प्रतिशत लाभांश दिएको हो ।
त्यसैगरि आव २०७५/७६ मा १५ प्रतिशत लाभांश दिएको छ । कम्पनीले उक्त आवमा ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिएको हो ।
आव २०७६/७७ मा पनि कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।