नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को लागि कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको आगामि वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्