ज्योति लाइफको मुनाफा १३३ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ७ अर्ब माथि जाँदा यस्तो छ अन्य सूचक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

ज्योति लाइफको मुनाफा १३३ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ७ अर्ब माथि जाँदा यस्तो छ अन्य सूचक



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनसाि। खुद नाफा १३३.२८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९ करोड २२ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोहि अवधिमा मुनाफा २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ आर्जन गर्ने सफल भएको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.६७ प्रतिशतले बढेर ९१ करोड ४० लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७९ करोड १ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, असोज मसान्तसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोष ५४.९५ प्रतिशतले बढेर ७ अर्ब ४ करोड ६६ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ५४ करोड ७६ लाख ७३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ५६.६९ प्रतिशतले बढेर १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ, चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ र खुद दाबी भुक्तानी ३९.१७ प्रतिशतले बढेर ७ करोड ४६ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
कम्पनी हाल सूर्या लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३२ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्