सूर्या लाइफको मुनाफा ८२ प्रतिशतले बढ्यो, जीवन बीमा कोष झण्डै १५ अर्ब पुग्दा अन्य सूचकमा समेत चमक
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा आकाशिइको छ ।
चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा कम्पनीले २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ८२.५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ११ करोड ३५ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १३.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको जीवन बीमा कोष २९.६५ प्रतिशतले बढेर १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब ५१ करोड २३ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा जगेडा कोष २१.५०प्रतिशतले घटेर ७१ करोड २२ लाख रुपैयाँ, चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ, खुद दाबी भुक्तानी ६५.१६ प्रतिशतले बढेर ३१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
यो हाल ज्योति लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा छ ।















