आइएमई जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

आइएमई जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ६.५० प्रतिशत बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृत पश्चात इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्