चुनावकाे परिणाम नआउँदै बीमा प्राधिकरणले बाड्यो लघु बीमा लाइसेन्स, कुन-कुन कम्पनीले पाए ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

चुनावकाे परिणाम नआउँदै बीमा प्राधिकरणले बाड्यो लघु बीमा लाइसेन्स, कुन-कुन कम्पनीले पाए ?



काठमाडौं । मुलुक यतिवेला निर्वाचनमा केन्द्रीत छ । सरकार र व्युराेक्र्याट जनता सबै निर्वाचनकाे परिणाम कुरीरहेका छन् । उता बीमा प्राधिकरण भने भाेली कुन सरकार बन्ने हाे भन्ने चिन्ताले हतारमा लघुबीमाकाे लाइसेन्स दिने निर्णय गरेकाे छ । बीमा प्राधिकरणले लघु बीमा संचालनका लागि लाइसेन्स वितरण गरेको छ ।

प्राधिकरणले ७ वटा लघुबीमा कम्पनीलाई लाईसेन्स वितरण गरेको हो । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ ।

जीवन व्यवसाय गर्न ३ लघुबीमा कम्पनीलाई लाइसेन्स

प्राधिकरण जीवन बीमा व्यवसाय गर्न ३ वटा लघुबीमा कम्पनीलाई लाईसेन्स दिएको छ । प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो ।

प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफको मुख्य कार्यलय प्रदेश १ को विराटनगरमा, क्रेष्ट माइक्रो लाइफको कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेत र लिबर्टी माइक्रो लाइफको भने गण्डकी प्रदेशको पोखरा ८ कास्कीमा हुनेछ ।

यी हुन् निर्जीवन बीमा व्यवसाय गर्न लाइसेन्स पाएका ४ लघुबीमा कम्पनी

प्राधिकरणले निर्जीबन बीमा व्यवसाय गर्न ४ वटा लघुबीमा बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेको छ ।

लाईसेन्स पाउनेमा ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् ।

लघु निर्जीबन बीमा व्यवसाय गर्न छनौट भएको ट्रष्ट माइक्रको मख्य कार्यलय लुम्बिनी प्रदेशको बुटवल २, रुपन्देही, नेपाल माइक्रो इन्स्योरेन्सको बागमति प्रदेशको भरतपुर १ चितवनमा रहने छ ।

यस्तै, स्टार माइक्रो इन्स्योरेन्स मुख्य कार्यालय मधेश प्रदेशको जनकपुरधाम धनुषा र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेशको धनगढी ३ कैलालीमा रहने प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणले गत भदौ १० गतेदेखि असोज १३ गतेसम्म लघु बीमा कम्पनीका लागि आवेदन खुला गरेको थियो । सो अवधिमा लघुबीमा संचालनका लागि ३१ वटा कम्पनीले निवेदन पेश गरेका थिए ।

यसअघि प्राधिकरणले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिताका कारण लाइसेन्स वितरण कार्य स्थगन गरेको थियो । प्रतिनिधि तथा प्रदेशसभा तहकै निर्वाचनको मुखैमा नयाँ लाइसेन्स बाँड्ने योजनका साथ प्रक्रिया अघि बढाइएको थियो ।

मंसिर ४ गते निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी छ । यसबीचमा नै प्राधिकरणले लघुबीमा संचालनका लागि लाइसेन्स वितरण गरेको हो ।

नयाँ लघुबीमा लाइसेन्सका लागि ३१ वटा कम्पनीहरुले आवेदन पेश गरेका थिए । सरकारले बजेटमार्फत लघुबीमा संचालनको प्रस्ताव गरेको थियो । बीमा समितिले ३ जीवन, ४ वटा निर्जीवन गरि कुल ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

लघुबीमाको लागि पुँजी कम्तीमा ७५ करोड रुपैयाँ तोकिएको थियो । प्रस्तावकर्ताले ७५ करोड चुक्तापुँजीमध्ये ५१ प्रतिशत सेयर संस्थापकले धारण गर्न पाउने व्यवस्था रहेको थियो ।

प्राधिकरणका अनुसार कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने रहेको छ । तर, प्राधिकरणले अहिले ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी राखेर समितिमा प्रस्ताव पेश गर्न सकिने व्यवस्था रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्