बीमा कोषको आकारमा नेपाल लाइफ अगाडी : पछ्याउँदै एलआईसी र नेशनल लाईफ, ५ कम्पनीको ५०%ले वृद्धि, कुनको कति ? « Arthapath.com
१२ मंसिर २०७९, सोमबार

जीवन बीमा कम्पनी:

बीमा कोषको आकारमा नेपाल लाइफ अगाडी : पछ्याउँदै एलआईसी र नेशनल लाईफ, ५ कम्पनीको ५०%ले वृद्धि, कुनको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार वृद्धि भएको छ । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीको बीमा कोषको आधार २०.७८ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा कोष बढेर ४ खर्ब ९० अर्ब १३ करोड ६० लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आवको असोज मसान्तसम्ममा भने कम्पनीहरुको यो कोष ४ खर्ब ५ अर्ब ७८ करोड ८० लाख ३० हजार रुपैयाँ रहेको थियो ।

नेपाल लाइफको सबैभन्दा धेरै, दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै बीमा कोष नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । उक्त अवधिमा कम्पनीको यो १९.६४ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष १ खर्ब १८ अर्ब ७५ करोड ९४ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

सबैभन्दा धेरै जीवन बीमा कोष हुने कम्पनीहरुको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरशेन रहेको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको उक्त कोष १६.९० प्रतिशतले वृद्धि भई ९७ अर्ब ५० करोड ३ लाख १३ हजार रुपैयाँ कायम भएको छ। गत वर्षको सोही अवधिमा कम्पनीको उक्त कोष ८३ अर्ब ४० करोड ४२ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

आठ कम्पनीको जीवन बीमा कोष १० अर्ब बढी

चालु आवको पहिलो त्रैमासमा आठ वटा जीवन बीमा कम्पनीहरुको बीमा कोष १० अर्ब बढी देखिएको छ । उक्त अवधिमा नेशनल लाइफको जीवन बीमा कोष १९.७८ प्रतिशतले बढेर ५३ अर्ब ७७ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको असोज मसान्तसम्ममा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोष पनि ८.३५ प्रतिशतले वृद्धि भई ४० अर्ब २४ करोड ७२ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त अवधिमा एशियन लाइफको जीवन बीमा कोष ३३ अर्ब ६३ करोड २१ लाख २५ हजार रुपैयाँ, मेट लाइफको २१ अर्ब ३० करोड ९८ लाख ४५ हजार, प्राइम लाइफको १९ अर्ब ८९ करोड ८१ लाख ९७ हजार, सूर्या लाईफको १४ अर्ब ९२ करोड ५६ लाख ५१ हजार, गुराँस लाइफको १३ अर्ब ११ करोड ५२ लाख ६६ हजार र युनियन लाइफको १२ अर्ब ३२ करोड ७४ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

यी ६ वटा कम्पनी जीवन बीमा कोष गत आवको पहिलो त्रैमासको तुलनामा क्रमशः २०.३१ प्रतिशत, ७.९२ प्रतिशत, २६.५४, २९.६४, २०.५२ र ४३.६४ प्रतिशतले वृद्धि भएको हो ।

पाँच कम्पनीको बीमा कोषमा ५० प्रतिशत बढीले वृद्धि

चालु आवको पहिलो त्रैमासमा पाँच वटा कम्पनीको जीवन बीमा कोष ५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।उक्त अवधिमा सबैभन्दा धरै जीवन बीमा कोष वृद्धि रिलायवल लाइफले गरेको छ ।

गत वर्षको असोज मसान्तको तुलनामा कम्पनीको कोषमा यस वर्षको सोही अवधिमा आईपुग्दा ६९.९१ प्रतिशतले वृद्धि भएको हो । योसंगै उक्त अवधिमा कम्पनीको कोष ५ अर्ब १५ करोड ५४ लाख ३६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त अवधिमा सिटिजन लाइफको जीवन बीमा कोष ५६.९४ प्रतिशतले वृद्धि भई ६ अर्ब ६६ करोड ३३ लाख, महालक्ष्मी लाइफको ५६.३३ प्रतिशतले बढेर २ अर्ब ४० करोड ४२ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरि उक्त अवधिमा ज्योति लाइफाको जीवन बीमा कोष ५४.९५ प्रतिशत, आईएमई लाइफको ५२.९६ प्रतिशत र सानिमा लाइफको ५२.२६ प्रतिशतले वृद्धि भएको छ ।

कुन कम्पनीको बीमा कोषमा कति रकम ?


प्रतिक्रिया दिनुहोस्