जीवन बीमा कम्पनीको बीमालेख धितोमा साढे ७३ अर्ब कर्जा, कुन कम्पनीका बीमितले कति लिए ऋण ? « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

जीवन बीमा कम्पनीको बीमालेख धितोमा साढे ७३ अर्ब कर्जा, कुन कम्पनीका बीमितले कति लिए ऋण ?



काठमाडौं । जीवन कम्पनी बीमालेख धितो कर्जा वृद्धि भएको छ । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा ३५.६० प्रतिशतले बढेर ७३ अर्ब नाघेको छ ।

जीवन कम्पनीहरुले सार्वजकि गरेको चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।चालु आवको तीन महिनामा कम्पनीहरुले ७३ अर्ब ५२ करोड ४० लाख ११ हजार रुपैयाँ बीमा लेखाधितो कर्जा प्रवाह गरेका छन् । यो गत वर्षको असोज मसान्तसम्मको तुलनामा ३५.६० प्रतिशतले बढी हो । गतवर्षको सोही अवधिमा कम्पनीहरुले ५४ अर्ब २२ करोड ५ लाख २१ हजार रुपैयाँकर्जा प्रवाह गरेका थिए ।

जीवन बीमा कम्पनीहरुबाट बीमितले बीमालेख धितो राखी सम्वन्धित कम्पनीबाट कर्जा लिनपाइने व्यवस्था रहेको छ । बीमालेख बाहेक अन्यकुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ । जीवन बीमा लेख सम्बन्धी निर्देशिका, २०७८ बमोजिम बीमा सुरु भएको तीनवर्ष पूरा पुगेपछि बीमालेख धितो राखीकर्जा लिनपाउने व्यवस्था छ ।

चालु आवको असोज मसान्त सम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले सबैभन्दा धेरै कर्जा लिएका छन् । उक्त अवधिमा कम्पनीको बीमितले आफ्नो बीमालेख धितोमा राखी २६ अर्ब ५८ करोड ८२ लाख७१ हजार रुपैयाँकर्जा लिएकाहुन् । कम्पनीको यो कर्जा प्रवाह गत वर्षको पहिलो त्रैमासको तुलनामा भने २९.२३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २० अर्ब ५७ करोड ३२ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सो अवधिमा लाइफ नेपाल कर्पोरेशनले भने १९ अर्ब ७९ करोड २९ लाख १२ हजार रुपैयाँकर्जा प्रवाह गरेको छ । यो गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने ३५.७३ प्रतिशतले बढी हो ।

यस्तै, चालु आवको तीन महिनामा नेशनल लाइफले ८ अर्ब ९७ करोड ५८ लाख७५ हजार, एशियन लाइफले ४ अर्ब २५ करोड ५१ लाख ६५ हजार, प्राइम लाइफले २ अर्ब ३२ करोड ८९ लाख ५७हजार, सूर्या लाइफले २ अर्ब ७ करोड ५२ लाख ८५ हजार र राष्ट्रिय बीमा संस्थानले २ अर्ब १ करोड ९५ लाख ८९ हजार रुपैयाँकर्जा प्रवाह गरेका छन् ।

उक्तअवधिमा सबैभन्दाकम रिलायवल नेपाल लाइफले १८ करोड १४ लाख ३१ हजार रुपैयाँकर्जा प्रवाह गरेको छ ।
कुनको कति?


प्रतिक्रिया दिनुहोस्