आइएमई जनरल इन्स्योरेन्सलाई बोर्डले दियो मर्जरमा जान स्वीकृति « Arthapath.com
१३ बैशाख २०८०, बुधबार

आइएमई जनरल इन्स्योरेन्सलाई बोर्डले दियो मर्जरमा जान स्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइएमई जनरल इन्स्योेरेन्स लिमिटेटलाई मर्जरमा जान स्वीकृति प्रदान गरेको छ ।

बोर्डले धितोपत्र दर्ता गराएका संगठिन संस्था एकआपसमा मर्जरमा जाने सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) भएका हुन् । दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने छ । क

म्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिन लागेको हो ।


प्रतिक्रिया दिनुहोस्