सूर्यज्योति लाइफको साधारण सभा जेठ ४ गते, के के छन् एजेण्डा « Arthapath.com
१३ बैशाख २०८०, बुधबार

सूर्यज्योति लाइफको साधारण सभा जेठ ४ गते, के के छन् एजेण्डा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा जेठ ४ गतेका लागि बोलाएको छ । वैशाख ११ गते बसेको संचालक समितिको बैठकले विराटनगरस्थित होटल हैरिसन प्यालेसमा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालक निर्वाचन समेत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ वैशाख २० गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्