प्रभुसंग मर्जर भाँडेको अजोडले आजदेखि युनाईटेडसंग एकीकृत कारोबार गर्दै, अध्यक्ष र सीइओ को बन्दै ? « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

प्रभुसंग मर्जर भाँडेको अजोडले आजदेखि युनाईटेडसंग एकीकृत कारोबार गर्दै, अध्यक्ष र सीइओ को बन्दै ?



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीसंग मर्जर भाँडेको अजोड इन्स्योरेन्सले आजदेखि युनाईटेडसंग एकीकृत कारोबार गर्दैछ ।
आजदेखि युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्दैछन् ।

यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोडको नामबाट एकीकृत कारोबार थालनी गर्न लागेका हुन् । युनाईटेड र अजोड इन्स्योरेन्स बीच १०० बराबरको ८२.५ को स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् ।

मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा भने अजोड इन्स्योरेन्सको तर्फबाट हुने सहमति भएको छ । नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भने श्रवण रावल बन्ने भएका छन् । रावलले यसअघि उनी साविकको पुडेन्सियल इन्स्योरेन्सको सीइओ रहेका थिए । प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर आइजीआई प्रुडेन्सियलमा रावल सिनियर डेपुटी सीइओको जिम्मेवारी रहने सहमति भएको थियो । तर, उनी आइजीआई प्रुडेन्सियलबाट बाहिरिएका हुन् ।

अजोड र युनाइटेडबीच गत पुस २७ गते मर्जर सहमती भएको थियो । प्रभुसँग मर्जर सहमती भाँडीएपछि अजोडले युनाइटेडसँग नयाँ मर्जर सहमती गरेको थियो । नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत समेत प्रदान गरिसेको छ । नेपाल धितोपत्र बोर्डले पनि अन्तिम स्वीकृति प्रदान गरिसेको छ ।

युनाईटेड र अजोड एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । हाल युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्