सरकारले दियो कृषि बीमाको अनुदान बापतको ७२ करोड भुक्तानी, बाँकी कहिले ? « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

सरकारले दियो कृषि बीमाको अनुदान बापतको ७२ करोड भुक्तानी, बाँकी कहिले ?



काठमडौं । सरकारले पहिलो चरणमा कृषि बीमा तथा पशुबीमाको अनुदान बक्यौतामा ७२ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ ।

सरकारले कृषि बीमाको अनुदान बापत बीमा कम्पनीहरुलाई २ अर्ब ९४ करोड ५८ रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमा पहिलो चरणमा ७२ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो ।

पहिलो चरणमा ७२ करोड रुपैयाँ अनुदान भुक्तानी हुन लागेको नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्काल बताए । उनने भने,–‘कृषि बीमाको अनुदान बापत झण्डै ३ अर्ब रुपैयाँ पाउनुपर्नेछ । त्यसबापतको ७२ करोड रुपैयाँ आजै आउँदैछ ।’

सरकारले लामो समयदेखि कृषि बीमाको अनुदान नदिएपछि निर्जीवन बीमा कम्पनीहरुले गत जेठ ७ गतेबाट यसको कारोबार स्थगित गरेका थिए । यसमा नयाँ बीमापोलिसी पनि जारी गरिएको छैन । साथै, दावी भुक्तानी पनि रोकिएको छ । त्यसको दुई हप्तापछि सरकारले ७२ करोड रुपैयाँ भुक्तानी दिन लागेको हो ।

सरकारले कृषि तथा पशुबीमामा लाग्ने शुल्कमा ८० प्रतिशत अनुदान दिने गर्छ । त्योअनुसार कम्पनीले सम्बन्धीत ग्राहक (किसान) बाट २० प्रतिशत मात्रै शुल्क उठाउछन् । बाँकी पैसा सरकारले नै दिनुपर्ने हो । तर, त्यसबापतको रकम सरकारले लामो समयदेखि भुक्तानी गरेको छैन । संघकाअनुसार सरकारले अनुदान बापत २ अर्ब ९४ करोड ५८ रुपैयाँ दिनुपर्नेछ । तर, त्यस्तो रकम प्राप्त नभएपछि गत जेठ ७ गतेबाट कृषि बीमाको पोलिसी बिक्री गर्न र दावी भुक्तानी दिन स्थगित गएिको थियो ।


प्रतिक्रिया दिनुहोस्