‘प्रभु महालक्ष्मी’ बन्न प्राधिकरणको अन्तिम स्वीकृति: पुँजी पुर्याउन प्रिमियममा एफपीओ, एकीकृत कारोबार कहिले ? « Arthapath.com
३ असार २०८०, आईतवार

‘प्रभु महालक्ष्मी’ बन्न प्राधिकरणको अन्तिम स्वीकृति: पुँजी पुर्याउन प्रिमियममा एफपीओ, एकीकृत कारोबार कहिले ?



काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान अन्तिम स्वीकृति पाएको छ । यी दुवै कम्पनीलाई एक आपसमा मर्ज हुन नियामक निकाय नेपाल बीमा प्राधिकरणले जेठ २९ अन्तिम स्वीकृति दिएको हो ।

मर्जपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहनेछ ।मर्जपछि बन्ने नयाँ कम्पनीको लोगो पनि सार्वजनिक भएको छ । एकीकृत कारोबार भने यही असार महिनाभित्र नै गर्ने कम्पनीले जनाएको छ ।एकिकृत कारोबारका लागि दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि लागेको बताइएको छ ।

मर्जपछि बन्ने प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । यो प्रभु लाइफले बोनस सेयर जारी गरेपछि कायम हुनेछ । तर, प्राधिकरणले तोकको न्युनतम पुँजी पुर्याउन भने एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ । प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउन मर्जपछि कम्पनीले ९० करोड बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने समहति भएको बताइएको छ ।
प्रभु लाइफ र महालक्ष्मी लाईफको देशै भरी १६७ शाखा/उपशाखा संचालन रहेनछन् । कार्यरत कर्मचारीको संख्या ४४९ बढी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्