सरकारले गरेन कृषि बीमाको बाँकी बक्यौता भुक्तानी, पोलिसी नै बन्द गर्दै कम्पनीहरु « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

सरकारले गरेन कृषि बीमाको बाँकी बक्यौता भुक्तानी, पोलिसी नै बन्द गर्दै कम्पनीहरु



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आगामी चैत १ गतेदेखि कृषिसँग सम्वन्धित बीमालेख बिक्री बन्द गर्ने भएका छन् । कम्पनीहरुले कृषि बीमाको दावी बापत सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएपछि बीमालेख बिक्री नै बन्द गर्न लागेका हुन् ।

कृषिसँग सम्वन्धित बीमाको अनुदान रकम सरकारसँग हालसम्म २ अर्ब रुपैयाँ लिन बाँकी रहेको छ । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले एक विज्ञप्ति जारी गर्दै पोलिसी बिक्री र भुक्तानी बिन्द गर्ने बताएका छन् ।

कम्पनीहरुले पाउनुपर्ने रकम बढ्दै गएको हुँदा थप जोखिम लिन नसक्ने साथै दावी भुक्तानी तिर्न समेत असहज भएको संघले जनाएको छ । बीमा ऐन २०७९ अनुसार उद्यारो बीमा जारी गर्न नमिल्ने व्यवस्था छ । सरकारले तिर्न बाँकी रहेको अनुदान रकम तत्काल भुक्तान गर्न र नगदमा बीमा गर्ने व्यवस्थाप मिलाउन अन्तिम पटक आग्रह गरेको छ । तर, चैत १ गतेदेखि कृषि सम्वन्धि कुनै पनि बीमालेख पुरा बीमा शुल्क नलिई जारी नगर्ने संघले जनाएको छ । यद्यपि, यसबाट कृषि बीमा गर्ने बीमितहरुमा पर्न जाने असर प्रति भने संघले क्षमायाचना गरेको छ।

अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग र बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गरेता पनि हालसम्म प्राप्त नभएको संघले जनाएको छ । यसबाट बीमा कम्पनीहरु अत्याधिक जोखिममा रहेको बताइएको छ ।

सरकारले कृषि तथा पशुबीमामा लाग्ने शुल्कमा ८० प्रतिशत अनुदान दिने गर्छ । त्योअनुसार कम्पनीले सम्बन्धीत ग्राहक (किसान) बाट २० प्रतिशत मात्रै शुल्क उठाउछन् । बाँकी पैसा सरकारले नै दिनुपर्ने हो । तर, त्यसबापतको रकम सरकारले लामो समयदेखि भुक्तानी गरेको छैन ।

अनुदान रकम भुक्तानी नपाएपछि बीमकले कृषि बीमालेखको बिक्री बन्द गर्ने घोषणा थिए । यसअघि नैसंघले एक विज्ञप्ति जारी गर्दै कृषि बीमालेख जारी गर्न र दावी भुक्तानी दिन स्थगन गरेका थिए । संचालनमा रहेका १४ वटा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले कृषि बीमा अनुदान बापतको भुक्तानी विगत तीन वर्षदेखि नपाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्