राष्ट्रिय बीमा कम्पनीको नाफा साढे ५१ करोड, इपिएस लगायतका सूचक कस्ता ? « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

राष्ट्रिय बीमा कम्पनीको नाफा साढे ५१ करोड, इपिएस लगायतका सूचक कस्ता ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको नाफमा गिरावट आएको छ । एक वर्षको अवधिमा कम्पनीको खुद नाफा २४.७८ प्रतिशत घटेको छ ।

कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको व्यापार पनि आधा घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले २७ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ६३.२० प्रतिशत घटेर १० करोड १६ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको लगानीबाट हुने आम्दानी पनि १०.२८ प्रतिशत घटेर ६८ करोड २६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९२ करोड ८६ लाख रुपैयाँ छ भने कुल खर्च २६ करोड ३ लाख रुपैयाँ कायम भएको छ । ९ महिनामा कम्पनीले कुल १६ करोड ४ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १९३ रुपैयाँ ६५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार ६११ रुपैयाँ २९ पैसा कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । कम्पीको बीमा कोषको आकार १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले महाविपत्ती कोषमा भने ४६ करोड १३ लाख रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्