हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले उत्क आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशतले बोनस सेयर र सोमा लाग्ने लाभांश कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात् कार्यान्वयनमा आउनेछ ।