लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष पुण्यप्रसाद पराजुलीलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएकी छन्।
यस्तै, अध्यक्ष पौडेलले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष बेगम के.सी.लाई पनि पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा दुवै माइक्रो इन्स्योरेन्स कम्पनीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।













