मलाई राष्ट्र बैंकले नियुक्त गरेको हो र अध्यक्ष छाड्नलाई ? « Arthapath.com
२९ श्रावण २०७६, बुधबार

मलाई राष्ट्र बैंकले नियुक्त गरेको हो र अध्यक्ष छाड्नलाई ?



पैसाको लागी पछि लागगेको भए म अहिले सम्भु होइन धन प्रसाद हुन्थेँ

सम्भुप्रसाद पौडेल, अध्यक्ष, नविल बैंक लि
नेपालको बैंकिङ क्षेत्रका अर्का हस्ती हुन सम्भुप्रसाद पौडेल । हालै राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै उमेर हदवन्दी तोकेको छ । त्यसले नेपालका ३ बैंकरलाई प्रतक्ष्य प्रभाव पारेको छ । त्यसमध्येका एक हुन सम्भुप्रसाद पौडेल ।
सर्वसाधारण सेयधनीका तर्फबाट सधैं नविल बैंकको बोर्डमा अधिपत्य जमाएका पौडेल नेपाल राष्ट्र बैंकको हुँदो खादोको जागिर छोडेर नविलको बेतलवी संचालक बन्न आउका हुन । सोमबार राष्ट्र बैंककले उमेर हद लगाएपछि पौडेल पनि हट्नेको सुचिमा छन । तर पौडेल आफुलाई राष्ट्र बैंकले नियुत्त नगरेकाले राष्ट्र बैंकको निर्देशन नलाग्ने बताए । उनले भने म ३० हजार सेयर होल्डर्सको प्रतिनिधि हुँ । राष्ट्र बैंक हाम्रो नियमक निकाय हो म सम्मान पनि गर्छु हिजो त्यहीँ काम गरेर आउकोृ मान्छे पनि हुँ ।
पौडेलको राष्ट्र बैंक यात्रा
२०२६ सालमा प्रारम्भिक शिक्षा पुरा गरेपछि सम्भु प्रसाद पौडेल नेपाल राष्ट्र बैंक प्रवेश गरे । अस्थायी रुपमा राष्ट्र बैंक छिरेका सम्भु त्यहाँ पनि उनले कमाण्डनै सम्हाले । जहाँ सभ्मु त्यहाँ कमाण्ड भन्ने ब्राण्ड नै स्थापित गरेको उनि अहिलेसम्म ब्राण्ड बनिरहेका छन । तार्किक कुरा गर्ने सम्भु जहाँ कमा गरे रिजल्ट निकाल्नेगरी काम गरेको बताउँछन । २०२६ सालमा १६ सय तलवमा राष्ट्र बैंकमा प्रवेश गरेका उनि त्यहाँ १६ वर्ष विताए । २०३६ सालको राजनितीक हड्ताल गरेको आरोपमा भद्रगोल जेल परे । २०३८ सालमा सुर्खेत सरुवा भए उनि । तत्कालिन सत्ताका नाइकेहरुको तारो बनेका उनि २०३९ सालमा राष्ट्र बैंकबाटै जापान तालिममा गए । त्यसपछि फर्केर राष्ट्र बैंकको प्रकाशनहरुमा सम्पादन गर्दै आएका सम्भु मिडिया फ्रेडली छन । त्यसै समयमा उनेले राष्ट्र बैंकको मिर्मिरे नामक पुस्तको समेत सम्पादक भएर जिम्मेवारी सम्हाले ।
नविल बैंक यात्रा
राष्ट्र बैंकमा हुँदानै २०४२ सालमा उनले नविल बैंकको संचालकमा चुनाव लडे र जिते । संचालक भएपछि उनले राष्ट्र बैंकको आर्कषक तलव सुविधा छोडेर १ सय प्रति बोर्ड बैंक भत्ता पाउनेगरी तत्कालिन अरव बैंकको संचालक भए । २०४९ मा नविल बैकको अध्यक्ष बनेका उनि पटक पटक अध्यक्ष र संचचालक हँुदै अहिलेसम्म नविलको अध्यक्ष छन । ११ जना सिईओ फेरै सम्भुले तर उनि अध्यक्ष नै छन । ४० जना कर्मचारी थिए नविलमा सम्भु संचालक भएर आउँदा अहिले १३ सय पुग्यो । विचमा बिमा संस्थानको अध्यक्ष कार्यकारी अध्यक्ष समेत बनेका सम्भुले ३ वर्षमा बिमा संस्थानको २ ओटा साधारणसभा गराए । अहिले बिमा समिति १० वर्षको साधारणसभा गराउन नसकेर थलिएको अवस्थामा छ । अर्थ मन्त्रालयमा बिमा सल्लाहाकार समेत भएर काम गरेका सम्भु पैसाको लागी कहिल्यै पछि लागेनन् ।
भन्छन म पैसाको लागी पछि लागगेको भए राष्ट्र बैंकको जागिरनै छोड्ने थिइन । म अहिले सम्भु होइन धन प्रसाद हुन्थेँ तर अहिले मन प्रसाद भएको छु ।
नविल बैंकमा धेरै कर्मचारी अनद्योलनको सामना सम्भुलेनै गरे । कोरियन काउन्टर ग्यारेन्टीको पैसाको निहँुमा नविल बैंक व्याक लिष्टमा पेपछि धेरै कर्मचारीले छोडेर स्टाडर्ड चाटर्ड गए । सम्भुले हिम्मत हारेनन २० वर्ष अगाडी नै कोरिया पुगेर मुद्धा लडेर बैंकलाई व्याक लिष्टबाट हटाए । ४ पटक निर्विरोध संचालक चुनिएका पौडेल सबै सेयरधनीविच लोकोप्रिय छन ।
अहिले प्रख्यात घाराना चौधरी ग्रुपको इसारमा प्रयोग भएको भनेर उनिमाथी आरोप पनि नआउने गरेको होइन ।


प्रतिक्रिया दिनुहोस्