सदस्यहरुको माया र दवावले पुन उम्मेद्वारी दिएको हुँ « Arthapath.com
२४ भाद्र २०७६, मंगलवार

सदस्यहरुको माया र दवावले पुन उम्मेद्वारी दिएको हुँ



शिव अधिकारी, महासचिव, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नाराको आज मंगलबार ३१ औं अधिवेसन हुँदैछ । यस अधिवेसनले नयाँ नेतृत्व २ वर्षे कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्दैछ । नारामा एक कार्यकाल सचिव र हालका महासचिव रहेका अधिकारी नारा गतिशिलताको लागी आफु पुन महासचिवमा उम्मेद्वारी दिएको बताउँछन । धादिङको फुलखर्क (हालको गंगाजमुना गाउँपालिका)मा जन्मिएका अधिकारी १५ वर्षदेखी पर्यटन व्यावसायमा आवद्ध छन । अड्रिफ एडभेन्चर तथा नेपाल माउन्टेन ट्राभल्सका संचालक रहेका अधिकारी ¥याफ्टिङ क्षेत्रका अनुभवी व्यत्तित्व हुन । उनि पुराना पर्यटन व्यावसायी गंगाप्रसाद नेपालको टिमबाट महासचिवमा उम्मेदवारी दिएका छन । उनै अधिकारीसँग गरिएको कुराकानीको सारसंक्षेप ः–

नाराको अधिवेसनको तयारी कस्तो छ ?
नारा स्थापनाको ३१ औँ अधिवेसनमा छौं हामी । नेपालको जलयात्राको प्रमुख संस्थाको रुपमा चिनिएको छ । विगतमा निर्वाचन नहुने गरेपनि यो वर्ष धेरै साथिहरु आकांक्षी देखिएकाले निर्वाचनमा जानु परेको हो । सरकारले पर्यटन वर्ष २०२० मनाउन गैरहेको अव्स्थामा नारामा भोली जसले नेतृत्व गरेपनि कुशल ढंगले संगठनलाई हाक्नुहुनेछ । नाराले अघि बढाएका कतिपय कार्यक्रमलाई पुरा गर्नको लागी पनि कतिपय पुराना साथिहरु नारामा रहनुपर्छ ।


यती थोरै सदस्य भएको संस्थामा पनि प्यानलै बनाएर किन निर्वाचनमा जानुप¥यो त ?
केही नयाँ साथिहरु पनि नेतृत्वमा गएर नाराको लागी केही गर्छु भन्ने हुन्छ । हामीले एकसाता सहमतीको लागी गरेको प्रयास फेल भयो । एकसाता अघि भएको टानको निर्वाचनले हामीलाई पनि प्रभाव पा¥यो ।


यस निर्वाचनमा तपाईको एजेण्डा के हो ?
पहिलो एजेण्डा भनेको खस्कदै गएको जलयात्रा क्षेत्रलार्य थप मर्यदित बनाएदै यसको प्रचार प्रसार र प्रर्वद्धन गर्ने । खोलानालामा जथाभावी उत्तखननले यस क्षेत्र समस्यामा परेको छ । नाराले देशको प्रमुख पर्यटकीय क्षेत्र जलयात्राको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउने एजेण्डा छ । अर्को कुरा ¥याफ्टिङ व्यावसायीले हार्नु हुन्न भन्ने मान्यता छ । अर्को हामीले वण्र्ड ¥याफ्टिङ प्रतियोगिता गरिरहेका छौं त्यसलाई थप व्यवस्थीत गर्ने चुनौती छ ।


तपाँई पुन महासचिवमा दोहोरिनु भयो नि ?
म यो कार्यकाल रेष्ट गर्न चाहन्थे । मेरा अग्रज साथिहरुले एक कार्यकाल दोहो¥याउन गरेको आग्रहलाई नकार्न सकिन । सदस्यहरुको माया र दवावले पुन उम्मेद्वारी दिएको हुँ । मेरो टिमले हार्दा पनि नाराले हार्दैन । हामी निर्वाचित भएको खण्डमा नारालाई थप व्यवस्थीत बनाउँछौं ।


प्रतिक्रिया दिनुहोस्