सेवा प्रारम्भ गरेको बैंकको उच्च तहमा पुग्नु भाग्यमानी सम्झेको छु « Arthapath.com
११ मंसिर २०७६, बुधबार

सेवा प्रारम्भ गरेको बैंकको उच्च तहमा पुग्नु भाग्यमानी सम्झेको छु



कर्पोरेट गर्भनेन्सबाट बैंकलाई मजवुत बनाउने हो ।
२३ सय कर्मचारीमा ७०/७५ जना पुरना कर्मचारी हुनुहुन्छ ।

कृष्णबहादुर अधिकारी, सिईओ, नेपाल बैंक लि.

लमजुङ जिल्लाको बेसीशहरमा जन्मेका कृष्णबहादुर अधिकारी गत अशोजमा नेपाल बैंकको सिईओ नियुक्त भएका हुन । प्रतिस्प्रर्धी डेढ दर्जनलाई पछि पार्दै अधिकारीले सिईओ बाजी मारे । निजी बैंकमा काम गरिरहेका धेरैले नेपाल बैंक जान इच्छा देखाएपनि अन्तत अधिकारी सिईओ बन्न सफल भए । त्रिविबाट एमबिए गरेका अधिकारीले २ वर्ष शिक्षण पेशामा लागेका थिए । उनि गत चैत्रमा नेपाल बैंकको कामु सिईओ बनेका थिए । नेपाल बैंक ८३ औं वर्ष प्रवेश गरेको छ । यसै सन्र्दभमा उनै अधिकारीसँग सेयर बजारले गरेको कुराकानीको सारासं –

नेपाल बैंकको इतिहाँसमा २३ वर्षपछि लाभांस घोषणा भएछ, यो कसरी संभव भयो ?

यो निरत्नरको प्रयास हो । यै वर्ष मात्र काम गरेर यै वर्षको कमाइले मात्रै लाभांस दिएको हो भन्न मिल्दैन । कुनै बेला १० अर्वको नेगेटिभ नेटवर्थ भएको यस बैंकलाई ३० अर्वको पोजेटिभ नेटवर्थमा पु¥याएका छौं । संचित नोक्सानीलाई मेकअप गरेर रिर्टन अर्निङ २ सय ९० करोड पुगेको छ । यो सबै अग्रज सबै स्टाफहरुको पसिनाको फल हो । यो १/२ वर्षमा मारेको छलाङ होइन । जतिवेल यस बैंकको वित्तिय सुधारको कार्यक्रम आयो त्यै बेलादेखी यस बैंकलाई पोजेटिभ डिरेक्सनतर्फ अगाडी बढाउने क्रम प्रारम्भ भयो । त्यो भन्दा अगाडी हामीले संचित नोक्सानी सबै लिएर हिड्यौं । यो नाफा त २०६० सालदेखीको निरन्तर प्रायास हो ।

अहिले पनि लाभांस दिन पाउँदैन पेन्सन फण्डमा थप पैसा हाल्नुपर्छ भन्ने छ नि ?
पेन्सन फण्डमा जे जति राख्नुपर्ने हो राखेर मात्रै अगाडी बढेका छौं । हामीसंग अहिले पनि पेन्सन फण्डमा ९ अर्व छ ।

पेन्सन फण्ड र पुराना कर्मचारीको विवाद के हो, मुद्धा पनि छ रे ?
पुराना कर्मचारीको मुद्धा छ नभएको होइन । सात वर्षको एकमुष्ठ पेन्सन लिएर जाने साथिहरुले यो ७ वर्ष तलव वढ्दा जुन पेन्सनमा बृद्धि आउँछ त्यतिखेरको अवस्थामा हामीले पनि बृद्धि पाउनुपर्छ भन्ने कुरा राखे । मुद्धा फैसला भयो बैंकले हिसाव किताव गरि दिनु भन्ने हिसाव भएर लिन आउनुस भनेर हामीले आह्वान पनि गरिसकेका छौं ।

कहिले वितरण हुन्छ ?
हामीले लिन आउन आह्वान ग¥यौं । कसैले तिर्नुपर्ने होला कसैले लिनुपर्ने होला । तिर्नुपर्ने हिसाव भएकाहरु पुन मुद्धामा गएका हुन ।

अघिल्लो सिईओ देवेन्द्र प्रताप शाहले लाभांस खुवाउन ठुलो प्रयास गर्नुभयो सकेनन्, तर तपाईको नियुक्तीको साथै लाभांस घोषणा भयो नि ? यो संयोग हो कि तपाईको सफलता ?
यो लाभांस एकवर्षको मात्रै लगानी मेहनत पसिना होइन । १६ वर्षदेखी नियमित काम गर्र्दै आएकाले मेरो महिना पसिना अवश्य पनि छ । गत वर्ष टेक्नीकल्ली मिलेन । यो वर्षचाँही हामी दिन सक्छौं भन्ने थियो । गत वर्ष चैत्र १२ गतेदेखी म एक्टीङ सिईओ भएर काम गरे गत अशोज १५ गतेपछि कम्फर्म सिईओ भए । यही विचको योगदान होइन । यो धेरै अगाडीदेखीको योगदान हो । यसको श्रेय महेश्वरलाल श्रेष्ठ, देवेन्द्रप्रताप शाहलाई समेत जान्छ ।

अव नियमित लाभांस आउँछ त ?
अव नियमित दिन प्रयासरत गर्नेछु । नियमित आउँछ भन्ने अपेक्षा राख्नु स्वभाविक पनि हुन्छ ।

अहिले एफपिओको प्रिमियमको वोनस बाँडियो ? पछि त आफ्नो कमाईबाट बोनस त नदिने होला नि ?
एफपिओबाट आएको बोनस प्रिमियम भियो त्यसबाट बोनस दिईयो । अहिले १५ प्रतिसत बोनस दिएपनि बैंकको क्यापिटल करिव १२ अर्व पुग्छ । बैंक सवल बैंक भैसकेको छ । हाम्रो पुँजी कोष पनि प्रयाप्त भैराखेको छ । विजनेश बढाउने प्रययोजनको लागी पुँजी बढाउनु पर्ने आवश्यकता आयो भने त्यसतर्फ पनि जान सक्छौं ।

तपाई सिईओ नियुक्ती हुँदा गर्नुभएका प्रतिवद्धताहरु के–के छन ?
बैंकलाई १ नंबर बनाउँछु, २ नंबर बनाउँछु भन्ने मेरो त्यस्तो प्रतिवद्धता छैन । निरन्तर बैंक प्रगतिको बाटोमा लैजान्छु त्यो मेरो प्रतिवद्धता हो । बैंकमा भएका १५/१६ ओटा पोलिसिहरुलाई रिभिज गरियो । अर्को कल्चर रुपान्तरणको कुरा हो । टेक्नोलोजी अपग्रेडिङका कुराहरु हो । कर्पोरेट गर्भनेन्सबाट बैंकलाई मजवुत बनाउने हो । यो नेपालको अगुवा बैंक भएकाले कसरी स्वच्छ निश्पक्ष बनाउनुपर्ने छ ।

नेपाल बैंकमा पुराना कर्मचारी नै समस्या हो त ?
पुराना हुँदैमा उहाँहरु कामै लाग्दैन भन्ने होइन । अनुभव नै सबैभन्दा ठुलो कुरा हो । उहाँहरुको सल्लाहले पनि ठुलो मार्गनिर्देशन पाउन सकिन्छ । २३ सय कर्मचारीमा ७०/७५ जना पुरना कर्मचारी हुनुहुन्छ । अरु अधिकांस २०६१ भन्दा पछाडी आएका कर्मचारी छौं । म पनि २०६१ कात्तिक १६ गते नेपाल बैंकमा सेवा प्रवेश गरेको हुँ ।

सेवा गरेको १६ वर्षमै नेपाल बैंकको सिईओ बन्न पाउनुभएको छ, कस्तो लागिरहेको छ ?
१६ वर्ष पनि खासै छोटो समय होइन । आफ्नो सेवा अवधीको अन्तिम अवस्थामा सिईओ बन्ने सरकारी बैंकमा त्यस्तो देखिन्छ । प्राइभेट बैंकमा त छिट्टै हुन पनि सक्छन सेवा अवधीको कुनै सिमा हुँन्न । तर म असिष्टेन म्यानेजरबाट यस बैंक प्रवेस गरेर १६ वर्षमै सिईओ बन्नु साधारणतय छिटो हो । आफुले सेवा प्रारम्भ गरेको बैंकको उच्च तहमा पुग्नु भाग्यमानी सम्झेको छु । पहिले त नेपाल बैंकको कर्मचारी हुन पाउनुनै गर्वको कुरा हो । मलाई संचालक समितिले गरेको विश्वास हो जस्तो लाग्छ । सबै कमर्सियल बैंकका सिईओ बराबर नै हुन । तर पनि नेपाल बैंकको सिईओ बन्न पाउुन खुसी लागेको छ । देशको नामसँग जोडिएको बैंकको नाम आफैमा महत्वपुर्ण कुरा हो । कसैले नाम कसैले दाम हेर्लान मलाई नाममै गर्व छ ।

नाम मात्र त हो नि, दाम त धेरै कम छ रे नि ?
प्रथामिकता के भन्ने कुरा हो । धन दौलतप्रति जति आशा राख्यो त्यति पुग्दैन । जति थोरैमा रमाउन सक्यो त्यति काफी हुन्छ । पैसा सबैभन्दा न्युन पाउने सिईओ मै हुँला । तर पनि सामान्य जिवन यापन गर्न यो भन्दा पहिले पनि पुगेको थियो भने अव पनि पुग्छ ।

तपाई सरहका अन्य बैंकका सिईओले तपाईले भन्दा ४ गुणा बढी तलव छ, काम अझै तपाईले बढि गर्नुपर्छ होइन ?
दाँज्ने हो भने ४/५ देखी १० गुणा बढी पनि छ । तर जिम्मेवारी लिइसकेपछि बहन गर्नु ठुलो कुरा रैछ । सरकारकै अन्य संसथानहरुलाई हेर्ने हो भने मेरो अझै माथी छ । सरकारी बैंकहरुमा यस्तैनै हो भारतकै सरकारी बैंकका सिईओ तलव पनि कम छ । नेपाल सरकारको स्वामित्व भएको संस्थाहरुमा हुने यस्तै नै हो ।

तपाई सिईओ नयाँ भए पनि कर्मचारी त पुरानै हो, नेपाल बैंक सुर्धान के–के गर्नुपर्ला ?
नेपालका अधिकांस सरकारी संस्थानहरुमा भनसुन चल्छ काममा ढिलासुस्ती रहन्छ भन्ने आम धारणा छ । नेपाल बैंकलाई पनि त्यस्तै सोचिएको होला । नेपाल बैंकमा आएर सेवाको अनुभव लिनुहोस । हामी कुन चरणमा पुगेका छौं त्यैबाट थाहा हुन्छ ।

अस्ती भर्खर एक कर्मचारीले मुद्धती निक्षेप बढी देखाएर लाखौ व्याज खाएछन, यस्ता पुराना काण्ड अनेकन छ रे नि ?
यो छानविनको क्रम निरन्तर हुने कुरा हो । अहिलेमात्र प्रारम्भ गरेको पनि होइन । धेरै छानविन गर्दा पत्ता लाग्यो उहाँहरुको केष । बैंकमा राउटिङ हुने आन्दानी आफ्नो खातामा राखेको फेला पा¥यौं । त्यो हामी आफैले फेला पारेका हौं । यस्तो क्रम निरन्तर रहन्छ । कर्मचारी निलम्बन गरेर कारवाही प्रक्रियामा लगिसकेका छौं । अर्को १ जना कर्मचारीलाई सेवाबाटै वर्खास्ती गरेका छौं ।

कृषि विकास बैंक राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक मर्जरको चर्चा थियो । सरकारले धेरै बैंक चलाउनु ठिक हो र ?
बजारको चर्चा मात्रै हो । कुनै ठोस निर्णय आएको छैन । तिनओटै बैंकहरु नेपाल सरकारका पुर्व वा आंसिक स्वामित्व भएका बैंकहरु हौं । मर्जको लागी सरकारको निर्देशन चाहिन्छ । सरकारलाई १ मात्रै बैंक भए पुग्ने भए एउटै बनाउन पनि सक्ला ।

बजारमा अरु निजी क्षेत्रका बैंकहरु एग्रेसिभ अगाडी बढिरकेका छन, नेपाल बैंक अहिले पनि पुरना पुस्ताको बैंक भर्एको छ नि ?
अहिले नेपाल बैंक हजुरबाको मात्रै पनि होइन बा को मात्रै होइन नातिको पनि बैंक हो । अहिले हामी कार्यरत कर्मचारीलाई हेर्ने हो भने तुलनात्मक रुपमा योङ जेनेरेसनका कर्मचारीहरु छन । अहिलेको जेनेरेसनलाई फिट हुनेगरी टेक्नोलोजि वेसका प्रोडक्टहरु ल्याएका छौं । अन्य बाणिज्य बैंकले दिन सक्ने अरुले नसक्ने भन्ने होइन । हामीले ल्याएका प्रोडक्टहरु बजारमा चिनाउन नसकेका हौं ।

अव नेपाल बैंक पनि एग्रसिभ जान्छ ?
अहिले बजारमा बैंकहरु एग्रेसिभ वे बाट गएका छन । सबैको आ–आफ्नो स्टाटेजी हुन्छ । कसैको नाफा बढी कमाउने फिलोसपी होला, कसैले मार्केट सेयर बढाउने होला । कसैले यी कुरा हरु राम्रो काम गरेपछि आफसेआफ आउँछ भन्ने सोचेका होलान । नेपाल बैंकले इथिकल काम गर्नुपर्छ लिड बैंक बन्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्