सरकारले योग्य र सक्षम देखेमा गभर्नरको उमेद्वार म पनि हुँ
शिवराज श्रेष्ठ, डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक
मेरो जस्तो अवस्था दुस्मनलाई पनि नहोस् ।
मेरो स्पष्टिकरण उपयुक्त लागेर नै सफाई दिएको हो ।
क्रस होल्ड भएका बैंकहरुले आफुले मर्ज गरेमा फाईदा नै हुन्छ ।
साँढे २ महिना सरकारको सस्पेन्समा बसेर सफाईपाएका डेपुटी गभर्नर शिवराज श्रेष्ठ अहिले नियमित काममा छन । ४ वर्षघि सरकारले श्रेष्ठलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । १ वर्ष भन्दा बढी समय हुँदै श्रेष्ठलाई सरकारले स्पष्टिकरण सोधेको थियो । उनै श्रेष्ठ राष्ट्र बैंकको नियमित काममा फर्किसकेका छन । उनै श्रेष्ठसँग अर्थपथका चित्रराज भण्डारीले गर्नुभउको कुराकानीको सारासं ः–
लामो समयपछि राष्ट्र बैंकमा पर्किनुभयो, कस्तो लागि रहेको छ ?
अव नियमीत काममा फर्किएको छुँ । कार्य विभाजन भएको छ । पहिला मैले जे काम हेर्थे त्यहि नै गर्ने छुँ । अव अपडेट हुँदै छुँ ।
यो ग्यापको समयमा के गरेर विताउनुभयो ?
केहि समय तनावमा परे । आफुलाई लागेको आरोपहरुका वारेमा त्यो विषय के कस्तो हो भनेर गहन रुपमा अध्यायन गरेर बसे । खासगरि नियम कानुनको व्यवस्था, राष्ट्र बैंकको प्य्राक्टिसका वारेमा अध्यायन गरेर बसे ।
कारवाहीका लागि सिफारिस भएको मान्छे पछि क्लिन चिट पाएर आउनुभयो नि हैन ?
म विरुद्ध सबै वेनामी उजुरीहरु आएका थिए । पहिला पहिला पनि उजुरी आउने गरेका थिए । यसमा मैले अन्यथा लिने कुरापनि भएन । उजुरी आएपछि निष्पक्ष छानविन गर्दा मैले कानुनसंगत काम गरेका कारणले मैले कुनै गल्ती गरेको देखिएन । त्यसै अनुसार सरकारले सफाई पनि दियो । स्पष्टिकरणको मौका दियो । म दोषि नरहेको, नियम कानुनसंगत काम गरेको, सामुहिक निर्णया प्रणाली भएको, ऐन कानुनले नै पदिय जिम्मेवारि अनुसार नै विभिन्न पदमा वसेको लेखेर दिए । सरकारले मेरो स्पष्टिकरण अध्यायन गर्दा उपयुक्त लागेर नै सफाई दिएको हुनुपर्छ । यसमा सत्यको जित भएको छ । मैले न्याय पाए भन्नसपर्छ । यसले बंैकिङ्ग क्षेत्रलाई पाठ सिकाएको छ । यसले गर्दा राष्ट्र बैंकमा नियम कानुन र पारदर्शिक र सामुहिक निर्णय प्रणाली अनुरुप नै काम हुने र एक्लो मान्छेले गल्ति गर्ने सम्भावना हुँदैन्, सबैले एक अर्कालाई वाच गरेर बसिररहेका हुन्छन्, र शुसानमा काम गरिरहेका हुन्छन् भन्ने देखायो । यसले राष्ट्र बैंकको ईमेजमा पनि बृद्धि गरेको छ । कर्मचारिहरुको मनोवल पनि बढाएको छ । राम्रोसंग काम गर्यो, नियमसंगत काम गरेको छ र बदनियत राखेर काम गरेन भने भविष्यमा कुनै त्यस्तो कुनै आईपर्दा पनि दोषि हुनबाट जोगिन्छ भन्ने देखियो ।
यसरी कारवाही हुन्छ भनेर तपाईले कहिलै सोच्नु भएको थियो ?
यो तमैले कल्पना नै गरेको थिएन । सपनामा पनि देखेको थिएन । यो जस्तो घटना कर्मचारिमा अरु कुनै हुन सक्दैन । मेरो जस्तो अवस्था दुस्मनलाई पनि नहोस भन्छु । किनकी यस्तो परिवेशले काम नै गरेको थिएन् । अव जसले खराव प्रवृत्तिले काम गरेको हुन्छ त्यस्तालाई कारवाही हुनुपर्छ । तर राष्ट्र बैंकमा त्यसरी काम गर्ने वातावरण छैन । कसैले त्यसरी काम पनि गर्दैन्, किनकी हामी आफैमा पनि एक अर्कामा ईन्टरनल कन्ट्रोलिज्म पनि रहेको छ । कतै गल्ति छ भनेपनि नियमीत प्रक्रियामा नै त्यो सुधार भईसकेको हुन्छ ।
तपाईमाथि लागेको आरोप सत प्रतिशत गलत थियो त ?
यो त सबै काल्पनिक थियो । यो बदनियतपुर्ण मिथ्या आरोप हुन सबै । आरोप पनि लाग्दै लागेनन् नी । र कुनै काम गलत भएको छ भने त्यो सामुहिक रुपमा नै गलत हुन्छ, संस्थागत रुपमा नै गलत हुन्छ । यसरी राष्ट्र बंैकले कहिल्यै गलत गरेको छैन् ।
माथिल्लो तहका धेरै तानिने डरले तपाईलाई सफाई दिएको भन्ने चर्चा छ नि ?
त्यस्तो मलाई लाग्दैन् । विषय वस्तुमा स्पष्टिकरण सोधिएको छ । कोहि तानिनेवाला पनि थिएन् । जे सोधेको थियो त्यसको जवाफ मैले दिएको थिए । तपाईले भनेको मनगणन्ते अभिव्यक्त नै हुन् सबै ।
तपाई माथि कारवाही भएको भए यो नयाँ नजिर स्थापित हुने थियो है ?
हो, राष्ट्र बैंक ऐन २०५८ आईसकेपछि त्यो दफा यसरी कार्यान्वयन हुन्छ भन्ने कुरा हामीले पनि पहिलोपटक बुझ्यौ । संका गर्न सकिने भन्ने हिसावमा त्यो दफा राखिएको हो । कमसेकम राष्ट्र बंैकका संचालकहरु, डिपुटी गभर्नरहरु र सबै कर्मचारिहरुले नियम कानुनसंगत नै काम गर्छन भन्ने प्रमाणित भयो ।
तपाईलाई बर्खास्ती भन्दा अगाडी कुनै त्यस्तो संकेत पाउनुभएको थियो ?
त्यस्तो मैले खासै थाहा पाइन । हामी नियमीत रुपमा काममा थियौ । मन्त्रालयबाट पत्र आउनुभन्दा पहिले मिडीयामा आएको थियो होला । पुर्वआवास कुनै थिएन् । किनकी हामीले नीयमसंगत काम गर्ने, राष्ट्रहित र जनहित हुनेगरि काम गर्ने गरेको छुँ मैले सधैँ नै । सरकारले लिएको आर्थिक नीतिलाई सहयोग पुग्ने मौद्रिक नियम, एकिकृत नियम बनाउछौँ । नियमन गर्ने कामपनि गरेको थियौँ । यस्तो होला भन्ने परिकल्पना पनि गरेको थिइन् । एक्कासि आउदा सक लाग्यो ।
राष्ट्र बैंक अहिले के गरिरहेको छ ?
राष्ट्र बैंकले आफुले गर्नुपर्ने काम नियमीत रुपमा गरिरहेको छ । विशेष गरेर सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष्य, आर्थिक पक्षलाई सवल बनाउनको लागि राष्ट्र बैंक काम गरिरहेको छ । उद्यमशिलता बढाउन, देशमा रोजगारी बढाउन, उत्पादनमुखी क्षेत्रमा उत्पादन बढाउने, सबै जनताले बैंकिङग क्षेत्रको सेवा पाउन, कर्जा परिचालन गर्ने, बैंकीङ्ग शुसान कायम गर्न, आर्थिक, वित्तीय स्थायित्व कायम गर्न, गरिवी निवारण गर्न गर्न, गरिवी निवारण गर्ने गरि आफ्नो जिम्मेवारी बहन गरिरहेको छ । धनीलाई मात्र नभएर गरिबहरुले पनि आर्थिक क्षेत्रमा आफ्नो पहुँच छ है भन्ने महसुस गर्ने गरि नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ । राष्ट्र बैंकले प्राथमिकता क्षेत्र कर्जा, बिपन्न बर्ग कर्जा, सहुलियत कर्जा कार्यक्रम ल्याएको छ । यसले सबै बर्गमा पुग्ने र सबैको समान सहभागीता हुने गरि निर्देसशिका रहेको छ । सरकारको समृद्ध नेपाल, सुखी नेपाली नारालाई सकारात्मक रुपमा कार्यान्वयन गर्न राष्ट्र बैंक कटिबद्ध रुपले लागी रहेको छ ।
बाफियाको अवस्था के छ अहिले ?
बाफिया अहिले संसदमा टेबल भएको भन्ने सुनेको छु । केहि समय म ब्याक भएकाले त्यती थाहा छैन । माननीय सांसदहरुले अन्तिम रुप दिनुहुने छ भन्ने लागेको छ ।
संसोधन हुने सम्भावना कतिको रहेको छ ?
संसोधन गर्ने नै भनेर हामीले पठाएका हौं । अर्थ र कानुन मन्त्रालयले संसोधन गरेको होला, अढाई महिनाको ग्यापले गर्दा मैले यो बिषयलाई मैले अपडेट गर्न पाएको छैन । बैङ्किङ क्षेत्रमा सुशासन हुने गरि केहि दफाहरु होस र बैङ्किङ क्षेत्रमा सबै जनताको सेवा पुगोस भनेर हाउसमा पठाएको हो । हाउसमा पुगेपछी केहि परिबर्तन भएर आउने छ ।
बाणिज्य बैंकहरुको सङ्ख्या घटाउने बारेमा रास्ट्र बैंकले के सोच बनाएको छ ?
हामीले बेला बेलामा बिकास बैंक, बाणिज्य बैंक र बित्तीय संस्थाहरुलाइ बोलाएर बिभागसंग बसेर राष्ट्र बैंकको कम्प्लाईन्स, पुँजि वृद्धि गर्न नसकेको, आफ्मो स्टेक होल्डरलाई सुखी बनाउन गाह्रो भएको, राम्रोसंग ग्रोथ लिन नसकेको, मार्केट स्मार्ट बनाउन नसकेको, कर्मचारीको पनि हाई टर्नओभर लगायतका समस्या भएका सङ्स्थाहरु आफ्नो मिल्ने उपयुक्त सङ्स्था खोजेर मर्ज गर्दा राम्रो हुने, संस्था बलियो बन्ने, जनतालाई सशक्त ढंगले बैंकिक सेवा दिन सकिन्छ । जनताले बित्तीय तथा कर्जा सेवा सस्तो पाउछन् । ब्याजदरमा स्थिरता आउँछ । यस्ता उद्देश्यले नै मर्जरमा जान उत्साहित गरेका थियौं । त्यो अनुसार हामीले मर्जरमा जानेलाई केहि सुविधा पनि दिएका थियौं । केहि बैंकहरु छलफलमा छन् । अझै अन्य बाणिज्य बैंकहरु मर्जरको छलफलमा छन् । विशेषगरि क्रस होल्ड भएका बैंकहरुले आफुले मर्ज गरेमा फाईदा नै हुन्छ । यसले गर्दा राष्ट्र बैंकलाई मात्रै नभएर बैंकीक सेक्टर पनि बलियो हुन्छ । जनताहरुलाई पनि सहज हुन्छ । कम्पोजिसनले गर्दापनि अलिकता नचाहिदो खर्च भईरहेको छ । २७ बैंकले सफ्टवेयर राखेको छ । सफ्टवेयर वार्षिक मेन्टिनेन्स भनेर अर्वाै रुपैयाँ विदेशीलाई तिरिरहेका छन् । सफ्टवेयर त वाहिरवाट किन्ने हो । कम्प्युटर, हार्डवेयर, जेनेरेटर लगायतका ईक्युमेन्ट सबै विदेशवाट नै किन्ने हो । हो यदि बैंकहरु मर्ज भएभने राष्ट्रको ढुकुटी त रोकियो । कर्मचारिहरुमा पनि लुछाचुणि गर्ने अवस्था रहदैन् । सबै स्थानिय तहमा बैंक पुर्याउने भनेका छौँ, जसमा ७ सय ४३ स्थानिय तहमा पुगेका छौँ । अव करिव १० वटा स्थानिय तहमा पुग्न वाँकि रहेको छ । यो पनि छिट्टै पर्याउने छौँ ।
अन्तिममा तपाई क्लिन चिट लिएर राष्ट्र बैंकमा फकिर्नुभयो, अवको सम्भावित गभर्नर तपाई नै हुनुहुन्छ भनेर चर्चा गर्छन्, के हो खास कुरा ?
अव चर्चाको कुरामा लाग्ने होईन । डेपुटी गर्भनरबाट एकजना सिफारिस हुने प्रावधान रहेको छ । म आफै दौडमा लागेको छैन् । सरकारले जो अनुभवी, योग्य र सक्षम छ, राष्ट्र र जनहितमा काम गर्न सक्छ उसैलाई नियुक्त गर्ने हो । सरकारले नियुक्त गर्ने कुरा हामीले परिकल्पना गर्नु भएन् । सरकारको अधिकारको कुरा हो । सरकारले योग्य र सक्षम देखेमा गभर्नरको उमेद्वार म पनि हुन सक्छु । आफु दौडमा छैन् ।
तपाईलाई कारवाही गर्न सरकार मात्रै लाग्यो की अरु पनि लागे ?
सरकारले छानविन गरेर न्याय दिएको हो । कारवाही गरेको होईन । बेनामे उजुरी हाल्यो कसैले । मेरो योग्यता, क्षमतादेखी डराउनेहरुले यसलाई बदनाम गर्न पाए हुन्थ्यो भन्ने पछि लागेर बेनामे उजुरी हालेभन्ने लागिरहेको छ ।