सोमबार सुनको भाउ घट्यो

काठमाण्डौ – सोमबार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । भने चाँदीको भाउ स्थिर छ ।
आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो ।
चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।