आइतबार सुनको मुल्य १ सयले घट्यो « Arthapath.com
२८ असार २०७७, आईतवार

आइतबार सुनको मुल्य १ सयले घट्यो



काठमाडौं । लगातार बढिरकेको सुनको मुल्य आइतबार भने १ सयले गिरावट आएको छ । असार २८ गते आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुन तोलाको ९२ हजार २ सयमा कारोवार भएकोमा आइतबार प्रतितोला ९२ हजार १००मा कारोवार भएको छ ।

त्यस्तै तेजाबी सुन शुक्रबार ९१ हजार ७ सय ६० मा कारोवार भएकोमा आइतबार प्रतितोला ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चँदी भने शुक्रबारकै मूल्य अर्थात प्रतितोला ९८० रुपैयाँ कायम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्