आर्थिक वर्षको अन्तिम दिन सुन तोलामा ६०० बढेर हालसम्मकै उच्च « Arthapath.com
३१ असार २०७७, बुधबार

आर्थिक वर्षको अन्तिम दिन सुन तोलामा ६०० बढेर हालसम्मकै उच्च



काठमाडौं । आज असार ३१ गते अथार्त आर्थिक वर्ष २०७६/०७७ को अन्तिम दिन । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार एकै दिन सुन तोलामा ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि असार २५ गते बिहीबार ९२ हजार ४ सयमा कारोवार भएर सुनले रेकर्ड राखेको थियो । तर बुधबार सो दिनभन्दाको पनि ४ सयले बढेर नयाँ रेकर्ड कायम भएको हो । यो साताभरी केही घटे पनि सुन बुधबार भने बढेको हो ।

उता चाँदी पनि प्रतितोला १ण् रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । चाँदी प्रतितोला एक हजार पाँच रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्