दशैं सकिएलगत्यै तरकारीको मुल्यमा भारी गिरावट, उपत्यकामा दैनिक ४ सय टन तरकारी भित्रिदैं « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

दशैं सकिएलगत्यै तरकारीको मुल्यमा भारी गिरावट, उपत्यकामा दैनिक ४ सय टन तरकारी भित्रिदैं



काठमाडौं । दशैं लगभग सकिएको छ । भोली कोजाग्रत पुर्णिमापछि दशैं सकिनेछ । दशैंअघि नै छोइ नसक्नुको मुल्यमा रहेको तरकारी दशैंको विचमा भारी घट्न थालेको छ । राजधानीमा तरकारीको भाउमा अत्यधिक गिरावट आएको छ ।

दशैंक मान्न अधिकांस नागरीक काठमाडौं बाहिर गएकाले पनि तरकारीको मुल्यमा गिरावट आएको हो । अहिले करिव ३ देखी ४० प्रतिसतसम्म तरकारीको मुल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मुल्य दशैंदेखीनै घट्न थालेको हो ।
प्रतिकेजी १२० रुपैयाँ रहेको काउलि अहिले ७० देखी ८० रुपैयाँसम्ममा पाइन्छ । त्यस्तै दशैंअघि प्रतिकेजी १२० रुपैयाँ रहेको टमाटर पनि अहिले ९० रुपैयामा झरेको छ ।

शुक्रबार कालिमाटी बजारमा तरकारीको मुल्य प्रतिकेजी यसप्रकारको रहेको छ । गाजर लोकल १३०, बन्दा ५२, काउली स्थानीय ८५, मुला सेतो २९, हाइब्रिड मुला ३८, भन्टा लाम्चो ४३, डल्लो ४८, तने बोडी ५३, मकै बोडी ४८, घिउसिमी लोकल २८ रुपैयाँ रहेको थियो । कालिमाटीमा तरकारीको थोक मुल्यनै घटेको छ । आलु रातो ९८, भारतीय रातो आलु ६५, आलु सेतो ८२, घिरौला ३३, फर्सी पाकेको ३८, हरियो लाम्चो फर्सी ४८, डल्लो फर्सी २८, भिण्डी ७३, स्कुस १४, प्याज सुकेको १३३, चाइनिज ११९, हाइब्रिड ३८, करेला ४३, लौका २८, परवल ७५ रूपैयाँमा खरिद विक्री भैरहेको छ ।

कालीमाटी तरकारी बजार व्यवस्था समितिका अनुसार हिजोआज दैनिक ४ देखि सय टन तरकारी भित्रिएको छ ।


प्रतिक्रिया दिनुहोस्