एफएनसीसीआईको कोषाध्यक्षमा दुई समुहको रोचक भिडन्त, प्रधान समुहका हिराचनले मारे बाजी « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

एफएनसीसीआईको कोषाध्यक्षमा दुई समुहको रोचक भिडन्त, प्रधान समुहका हिराचनले मारे बाजी



काठमाडौं । निर्वाचन सकिएपछि गुट र समुह विघटनको घोषणा गरेका नेपाल उद्योग बाणिज्य महासंघका पदाधीकहारीहरुले पुनः कोषाध्यक्ष चयनमा निर्वाचन गरेका छन । आइतबार कार्यभार सम्हाल्दा दुबै पक्षले गुट उपगुट आरोप प्रत्यरोप बन्द भएको जनाएका थिए ।

तर सोमबार कोषाध्यक्ष चयनमा मतदानको ढ्वाङनै थाप्नुपर्यो । यसले के जनाउँछ भने अझै महासंघमा चुनावी ह्याङ सकिएको छैन । महासंघको कोषाध्यक्षमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकाल समुहले डिबि बस्नेतलाई अघि सारेको थियो भने प्रधान तथा अध्यक्ष शेखर गोल्छा समुहले सुकुन्तलाल हिराचनलाई अघि सारेका थिए ।

सहमती नभएपछि निर्वाचन भएको हो । नवनिर्वाचित समुहले कोषाध्यक्ष चयन गर्नुपर्ने विधानमा व्यवस्था रहेको छ । हिराचनले ४० मत ल्याएर निर्वाचित भए भने चण्डी ढकाल र चन्द्र ढकाल समुहका डिबी बस्नेतले ३१ मत पाएर पराजित भए । हिराचन वस्तुगत संघबाट र डिबी बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए । कोषाध्यक्ष हुन तीन कार्यकाल कार्यकारीणी सदस्य भैसकेको हुनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्