हालसम्मकै उच्च विन्दुमा पुग्यो पेट्रोल, डिजेट पनि १ सय नाघ्यो « Arthapath.com
४ चैत्र २०७७, बुधबार

हालसम्मकै उच्च विन्दुमा पुग्यो पेट्रोल, डिजेट पनि १ सय नाघ्यो



काठमाडौं । नेपालमा राजनितीक रसाकस्की चलिरहेको बेलामा नेपाल आयल निगमले भने प्ट्रोलियम पदार्थको मुल्य बढाइरहेको छ । आयल निगमले पछिल्लो समय छिटो छिटो पेट्रोलियमको मुल्य बढाएको हो ।

निगमले बुधबारदेखी लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँका दरले मूल्य बढाएको जनाएको छ । अव पेट्रोल प्रतिलिटर ११८ रुपियाँ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ ।

निगमले हवाई इन्धनको पनि मुल्य बढाएको जनाएको छ । हवाइ इन्धन आन्तरिकमा दुई रुपियाँले बढेर प्रतिलिटर ७४ रुपियाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मुसल्य भने बढाएको छैन ।

आयल निगमले भारतिय बजारमा प्ट्रोलियमको मुल्य बढेसंगै स्चालित मुल्य बढाउने गरेको छ । निगमलाई अझै पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा नोक्सान रहेको छ । त्यस्तै डिजेलमा ५ रुपैयाँ ८० पैसा नोक्सन रहेको छ ।

निगमलाई सबैभन्दा बढी खाना पकाउने एलपी ग्यासमा नोक्सान रहेको छ । एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपियाँ ८२ पैसा नोक्सान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्