भक्तपुरको आदर्शमा दसैंतिहार सस्तो बजार सुरु « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

भक्तपुरको आदर्शमा दसैंतिहार सस्तो बजार सुरु



काठमाडौं । भक्तपुरको आदर्श आदर्शस्थित सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा सूर्यविनायक हरित कृषि थोक तथा दसैं तिहार सस्तो बजार २०७८ सोमबार १८ गतेदेखि सुरु भएको हो । बजार असोज १८ गतेदेखि २५ गतेसम्म हुने छ । यस अवसरमा दैनिक साँंझ सास्कृतिक कार्यक्रम पनि हुने जनाइएको छ ।

सूर्यविनायक हरित कृषि थोक बजार प्रालिका संस्थापक अध्यक्ष राकेश प्रसाईले मेलामा दसैं तिहारका लागि आवश्यक सवै सामान एउटै छानामुनि सजिलैसँंग पाउन सकिने बताए । साथसाथै दैनिक साँंझ साँंस्कृतिक कार्यक्रम पनि हुने प्रसाईले जनाए ।

दसैका लागि आवश्यक सवै सामान एउटै छानामुनि पाइयोस् भनेर वजार सञ्चालन गरेको जानकारी उनले जनाए । अरुबेला तरकारी मात्रै पाइने यो बजारमा यस अवसरमा तरकारीका साथै नुनदेखि सुनसम्मका सवै सामानहरु सस्तो मूल्यमा पाइने जनाइएको छ ।

तरकारी बजारका व्यवस्थापक दिनेश खाताखोले मेलामा तरकारीका साथै लताकपडालगायतका सम्पूर्ण सामानहरु पाइने जनाए । साथसाथै बाल मेला पनि हुने उनले जनाए ।

बजारमा प्रवेश भने निःशुल्क रहेको जनाइएको छ । केही महिना अगाडिदेखि त्यहाँं नेपालकै ठूलो तरकारी बजार सञ्चालित छ । अरनिको राजमार्गसँंग जोडिएको यो तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सस्तो बजार २०७८ को उदघाटन साँंझ बजार रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले गरेका थिए । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, महानगरीय प्रहरी बृत जगाती भक्तपुर इन्सपेक्टर राजेश थापालगायतले उदघाटन मन्तव्य राखेका थिए । कार्यक्रमपछि साँंस्कृतिक साँंझ भएको थियो । त्यस क्रममा रक व्याण्डका कलाकारहरुले प्रस्तुति दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्