लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी, यसरि दिनुहोर्स आवेदन « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी, यसरि दिनुहोर्स आवेदन



काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । हिजो बुधबार एक सुचना जारी गदै आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका आठौ र सातौ तहका लागि कर्मचारी माग गरेको हो ।

आयोगले जारी गरेको सुचना अनुसार स्वास्थ्य सेवाको लागि ७ औँ र ८ औं तहमा विभिन्न पदका लागि ९६ जना कर्मचारी माग गरेको हो । आयोगले खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धा मार्फत कर्मचारी पदपूर्ति गर्ने सुचनामा उल्लेख गरेको छ ।

लोक सेवा आयोगले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत कर्मचारी मगेको हो । आयोगले जारी गरेको सुचनामा मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदका लागि पनि कर्मचारीको माग गरिएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तीले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । भने दोब्बर दस्तुर तिरेर मंसिर २१ गतेसम्म आवेदन दिन पाईन्छ ।

इच्छुक आवेदकले यहाँ गएर आवेदन दिन सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्