सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा शुक्रबार उल्लेख्य गिरावट देखिएको हो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ३२५ रुपैयाँ रहेको चाँदी शुक्रबार १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।













