स्थानिय तहको बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने भएपछि फकिर्यो शेयर बजार « Arthapath.com
६ पुष २०७८, मंगलवार

स्थानिय तहको बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने भएपछि फकिर्यो शेयर बजार



काठमाडौं । स्थानिय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न मिलनेभएपछि शेयर बजारमा हरियाली छाएको छ । अर्थ मन्त्रालयले हिजो एक सुचना जारी गदै स्थानीय निकायमा पठाएको बजेटको ८० प्रतिशत रकम निक्षेपका गणना गर्न मिल्ने व्यवस्था गरेको थियो ।

त्यसैको प्रभावले केहि दिन देखि भारी अंकले ओरालो लागेको शेयर बजारमा आज मंगलबार हरियाली छाएको छ । साताको तेस्रो दिन आज मंगलबार शेयर बजार ५६ अंकले बढेको छ । यस दिन बजार ५६.७३ अंकले बढेर नेप्से परिसुचक २४१५.५५ अंकमा पुगेर बजार बन्द भएको हो ।

आज सबै समुह बढेर हरियाली भएको छ । सबैभन्दा बढि जिवन बीमा समुहका लगानिकर्ताले कमाएका छन् । यस दिन जिवन विमा समुह २०६ र निर्जिवन विमा समुह २०४ अंकले बढेको हो ।


दिनभर २ सय २६ कम्पनीको ४ करोड ९७ लाख ४ हजार २ सय ३५ कित्ता शेयर ३४ हजार २ सय १७ पटक किनबेच हुदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्