नाडा इभि एक्सपो २०२२को आयोजना हुँदै « Arthapath.com
१ भाद्र २०७९, बुधबार

नाडा इभि एक्सपो २०२२को आयोजना हुँदै



काठमाडौं । नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालले ’नाडा अटो एक्स्पो २०२२’ को रजिष्ट्रेशन खुला गर्ने भएको छ ।
नाडाले आगामी भदौ ७ देखि १२ गतेसम्म हुने सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्यप्रदर्शनीको १५औं संस्करण ‘नाडा अटो एक्स्पो २०२२’का लागि रजिष्ट्रेशन खुला गरेको हो ।


सीमित ठाउ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ । प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्थ मिलाइएको छ ।


नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालकाअनुसार विगतका संस्करणहरूमा उल्लेखनीय रूपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्शियल भेहिकलहरूलाई पनि सम्मिलित गर्ने उद्देश्यले कमर्शियल भेहिकलहरूको सहभागिताका लागि समेत स्टल बुकि¨ रजिष्ट्रेशन आह्वान गरिएको जानकारी दिए ।


कोभिड संक्रमण न्यून हु“दै जा“दा सुस्त रूपमा गति लिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताई रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै उर्जा थप्ने विश्वास रहेको आयोजकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्