साउनमा भित्रियो ७६ करोडभन्दा बढीको ल्यापटप र नोटबुक « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

साउनमा भित्रियो ७६ करोडभन्दा बढीको ल्यापटप र नोटबुक



काठमाडौं । चालु आर्थिक २०७९.८०वर्षको साउन महिनामा मात्रै विभिन्न देशबाट ७६ करोडभन्दा बढीको ल्यापटप र नोटबुक नेपाल भित्रिएको छ ।भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालमा ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँको ल्यापटप र नोटबुक भित्रिएको छ ।

सो मूल्यमा १२ हजार ६४५ थान ल्यापटप र नोटबुक नेपालले आयात गरेको विभागले जनाएको छ । नेपालमा सबैभन्दा बढी मूल्यको ल्यापटप र नोटबुक चीनबाट आउने गरेको छ । गत महिना मात्र चीनबाट नेपालले ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको छ ।चीन बाहेक नेपालमा अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, कुवेत, लिथुवानिया, मलेसिया, नर्वे, पोल्याण्ड, सिंगापुर, युएई, बेलायत, अमेरिका र नामिबियाबाट ल्यापटप र नोटबुक आउने गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को साउन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्