एरोमा डर्ट बाईक सार्वजनिक गर्ने तयारीमा आरोग्य मोटरर्स « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

एरोमा डर्ट बाईक सार्वजनिक गर्ने तयारीमा आरोग्य मोटरर्स



काठमाडौं । श्री आरोग्य मोटर्सले भविष्यमा २ सय सिसि क्षमताको डर्ट बाईक बजारमा ल्याउने तयारी गरेको छ । चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाँग्रे सवारी साधन आयात गर्दै आइरहेको र अब देखि दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएको हो ।

नेपालका अधिकाँस सडकहरु कच्चि, अर्धकच्चि तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाईकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यो बाईकको ग्राउण्ड क्लियरेन्स २८० एमएम रहेको छ । त्यसैगरी सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाईक २ सय सिसि क्षमताको रहेको छ । जसका कारण भैपरि आउने समस्याको चिन्ता नहुने किसिमको बाईक बजारमा ल्याउन लागेको सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले जानकारी दिए ।

एअर कुल्ड सहित सिंगल सिलिण्डरको ईन्जिन रहेको यो बाईकले ८६०० आरपिएममा १४.८ एचपि पावर सिर्जना गर्छ भने ६५०० आरपिएममा १४.९ एनएम टर्क सिर्जना गर्दछ । नेट तौल ११५ किलोग्राम रहेको यो बाईकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दा बढीको माईलेज प्रदान गर्दछ । पहिलो चरणमा एरोमा डर्ट बाईकको १ मोडेल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् । हाईडोलिक सस्पेन्सन सहितको आरामदायक यो बाईकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ । एरोमा बाईकलाई यसै बर्षको भदौ मसान्त भित्रबाट नै बिक्रिको लागि बजारमा ल्याउने हाम्रो प्रयास रहनेछ । त्यसका लागि हाल हामिसँग जोडिएका डिलर नेटवर्क र शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्था मिलाइनेछ ।

हालसम्म दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा हाम्रो डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ । निकट भविष्यमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा हाम्रा डिलरहरु विस्तारको तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्