स्काईवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’ सार्वजनिक « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

स्काईवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’ सार्वजनिक



काठमाडौँ । के एल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा लिले दशैं–तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा स्काईवर्थ गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशत सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् । विगत पाँच वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ ।

स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ ।


प्रतिक्रिया दिनुहोस्