नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन खुला, ४५ दिनभित्र पेश गर्नुपर्ने
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज कम्पनीका लाइसेन्सका लागि आवेदन खुला भएको छ । नेपाल धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेन्जको लाईसेन्सको लागि आवेदन खुला गरेको हो ।
नयाँ स्टक एक्सचेञ्जका लागि आजैका मितिले ४५ दिनभित्र आवेदन दिन सकिने छ । बोर्डले धितोपत्र ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियामवली २०६३ र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना सम्बन्धी निर्देशिका २०७९ बमोजिमा नयाँ एक्सचेन्जटको लागि आवेदन माग गरेको हो । नयाँ स्टक एक्सचेञ्जका लागि ३ अर्ब रुपैयाँ पुँजी निर्धाण गरिएको छ ।
नयाँ स्टक एक्सचेन्ज थपिएपछि धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिस्पर्धा हुने र सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार हुने अपेक्षा गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षणका लागि वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजीकरण गर्नका लागि निजी क्षेत्रका लगानीमा थप नयाँ स्टक एक्सचेञ्ज खोल्न लागिएको हो ।













