अब प्रहरीको मौखिक अनुरोधमै तत्काल खाता रोक्का हुने, २४ सै घण्टा सेवा दिन बैंकहरूलाई निर्देशन « Arthapath.com
१० असार २०८३, बुधबार

अब प्रहरीको मौखिक अनुरोधमै तत्काल खाता रोक्का हुने, २४ सै घण्टा सेवा दिन बैंकहरूलाई निर्देशन



काठमाडौं। डिजिटल बैंकिङ र वित्तीय क्षेत्रमा बढ्दै गएको ठगी तथा अपराध न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले खाता रोक्का सम्बन्धी व्यवस्थामा कडाइ गरेकाे छ ।

केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अबदेखि कुनै पनि कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीले मौखिक वा लिखित रूपमा अनुरोध गर्नासाथ वित्तीय अपराधसँग जोडिएका बैंक खाताहरू अल्पकालीन अवधिका लागि तत्काल रोक्का राख्नुपर्ने व्यवस्था गरेकाे हाे।

यस कार्यलाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूले हप्ताको ७ दिन र २४सै घण्टा काम गर्ने गरी आवश्यक संयन्त्र मिलाउनु पर्ने छ।

यसका साथै बैंकहरूले आफ्नो वेबसाइटमा खाता रोक्का सम्बन्धी काम गर्ने एउटा छुट्टै सम्पर्क नम्बर अनिवार्य रूपमा राख्नुपर्नेछ भने अनुसन्धान अधिकारी वा कानून कार्यान्वयन गर्ने निकायले मागेको विवरण समेत सम्बन्धित बैंकले सोझै र यथाशक्य चाँडो उपलब्ध गराउनु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस्