एकैदिन २७.८६ प्रतिशतले बढ्यो प्याजको मूल्य « Arthapath.com
४ भाद्र २०८०, सोमबार

एकैदिन २७.८६ प्रतिशतले बढ्यो प्याजको मूल्य



काठमाडौं । भारतीय सुकेको प्याजको मूल्य वृद्धि भएको छ । भारतीय प्याजको भाउ एकैदिन २७.८६ प्रतिशतले बढेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबारका लागि भारतीय प्याजको भाउ प्रतिकेजी औसत मूल्य ७८ रुपैयाँ कायम भएको छ । तर, अघिल्लो दिन प्रतिकेजी औसत मूल्य ६१ रुपैयाँ रहेको थियो ।

भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको छ । सो निणयसंगै कालिमाटी फलफुल तथा तरकारी बजारमा प्याजको मूल्य वृद्धि भएको हो । सोमबारका लागि भारतीय प्याजको मूल्य अधिकतम ८० रुपैयाँ तोकिएको छ ।

भारतले गत शनिवारदेखि लागु हुनेगरि प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको हो । भारतमा प्याजको मूल्य अत्यधिक महँगो भएपछि भारतले मूल्य घटाउने तथा सहजै प्याज उपलब्ध हुने व्यवस्था गर्न निर्यातमा कर लगाउने निर्णय गरेको थियो । प्याज निर्यातमा लगाइएको कर आगामी डिसेम्बर ३१ सम्म लागु हुने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्