कति छ आज सुनचाँदीको भाउ ? « Arthapath.com
६ भाद्र २०८०, बुधबार

कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौं । बुधवार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात भदौ ५ गते मंगलबार १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबारका लागि छापावाला सुनको मूल्य १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार ४२५ रुपैयाँ पुगेको छ । मंगलबार १ हजार ४१५ रुपैयाँ किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्